राजविराज, १० साउन । सप्तरीको मलेठ घटनाका सहीद पिताम्बर मण्डलका पिताको शुक्रवार निधन भएको छ ।
सहीद पिताम्बरका पिता गोसाई मण्डलको राजविराज नगरपालिका वडा नम्वर–९ स्थित आफ्नै घरमा उनको ७२ वर्षको उमेरमा निधन भएको हो । सहीद पिता मण्डललाई अन्तिम श्रद्धाञ्जली दिन राष्ट्रिय जनता पार्टीका नेताहरुले उनको पैतृक गाउँ मलेठ पुगेका थिए ।
उनको पार्थिक शरिरमा राष्ट्रिय जनता पार्टीको झण्डा ओढाएर अन्तिम विदाई गरिएको छ । राष्ट्रिय जनता पार्टी नेपालका बरिष्ठ उपाध्यक्ष तथा प्रदेश नम्वर २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह, पार्टीका वरिष्ठ उपाध्यक्ष नेता मृगेन्द्र कुमार सिंह यादव, महासचिव तथा प्रदेश नम्वर २ का अर्थ समितिका अध्यक्ष मनिष कुमार सुमन, पार्टीका महासचिव जयप्रकाश ठाकुर, सह–महासचिव गजेन्द्र कुमार मण्डल, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, जिल्ला अध्यक्ष मण्डलका सदस्यद्वय सुनिल कुमार झा, हरेराम यादव, राजबिराज नगरपालिकाका उप–प्रमुख साधना झा, जिल्लाका बरिष्ठ नेता विनोद यादव, वडा नम्वर–९ का अध्यक्ष शम्भु प्रसाद यादव, विथार्थी नेता संजिव दास लगायतका नेताहरुले स्व. मण्डललाई श्रद्धाञ्जली दिएका छन् ।