राजविराज, ८ साउन । सप्तरीको खाँडो नदीको बाढीमा दाउरा टिप्ने क्रममा वेपत्ता भएका युवकको शव विहीबार फेला परेको छ ।
रुपनी गाउँपालिका वडा नम्वर–१ का ३५ वर्षीय मोहम्मद नासिर मियाँको शव राजविराज नगरपालिका वडा नम्वर १५ देउरीभरुवा नजिक खाँडो नदीमा फेला परेको हो । प्रहरीले खोजतलास गर्ने क्रममा नासिरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैगरी सप्तकोशी नदीको बाढीले तिलाठी कोइलाडी गाउँपालिका–४ का बालेश्वर मुखिया सोमवार साँझदेखि वेपत्ता छन् । उनको शव अझैं फेला पर्न सकेको छैन ।