• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

खाँडो र सप्तकोशीको बाढीले बगाएर दुई जना वेपत्ता

खाँडो र सप्तकोशीको बाढीले बगाएर दुई जना वेपत्ता

राजविराज, ८ साउन । सप्तरीको खाँडो र सप्तकोशी नदीको बाढीले बगाएर दुई जना बेपत्ता भएका छन् ।
बाढीमा बगेर आएको दाउरा संकलनका लागि खाँडो खोलामा पसेका रुपनी गाउँपालिका–१ का ३५ वर्षीय मोहम्मद नासिर मियाँलाई बुधबार बाढीले बगाएको छ । दाउरा संकलन गरिरहेको अवस्थामा अचानक आएको बाढी भेलले उनलाई बगाएको स्थानीय वासिन्दाले जानकारी दिएका छन् ।
यसैगरी सप्तकोशी नदीको बाढीले तिलाठि कोइलाडी गाउँपालिका–४ का बालेश्वर मुखियालाई समेत बगाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । वेपत्ता दुवै जनाको खोजी भईरहे पनि फेला पर्न सकेको छैन ।