• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

लोकसेवा कार्यालयमा तालाबन्दी गर्न बाध्य हुन्छौंः मधेश ईन्जिनियर्स एसोसिएसन

लोकसेवा कार्यालयमा तालाबन्दी गर्न बाध्य हुन्छौंः मधेश ईन्जिनियर्स एसोसिएसन

राजविराज, २० जेठ । लोक सेवा आयोगले हालै स्थानीय तहकालागि निकालेको विज्ञापनप्रति मधेश ईन्जिनियर्स एसोसिएसनको गम्भीर ध्यानाकर्षण भएको छ ।
एसोसिएसनका अध्यक्ष ई. संजिवनारायण यादवले प्रेस विज्ञप्ति मार्फत आयोगको उक्त विज्ञापनप्रति गम्भीर आपत्ति जनाउँदै भत्र्सना गरेका छन् । मधेशी,आदिवासी जनजातिको लामो संघर्ष तथा बलिदानीबाट स्थापित प्रतिफलको रुपमा स्थापित समानुपातिक समावेशी प्रतिनिधित्वको अधिकारको मर्म र भावना विपरित लोकसेवा आयोगले निकालेको विज्ञापन खारिज गरि मधेशी, आदिवासी ,जनजाति , महिला, मुस्लिम, पिछडावर्गलाई सम्बोधन हुने गरी विज्ञापन निकाल्न उनले अपिल गरेका छन् ।
लोकसेवा आयोगले एकमुष्ट रुपमा निकालेको विज्ञापनलाई कर्मचारी समायोजन ऐन अनुसार विज्ञापन प्रत्येक स्थानीय तहको छुट्टा–छुट्टै रुपमा मान्न नसकिने भन्दै देशमा संघीयतामा गईसकेको बखतमा प्रदेशले गर्नुपर्ने विज्ञापन संघले गर्न नमिल्ने विज्ञप्तिमा उल्लेख छ । हालै निकालिएको विज्ञापन रोकी प्रदेश अन्तरगतका आयोगहरूलाई समानुपातिक समावेशीको सिद्धान्त एव् मर्म अनुरुप हुनेगरी सच्याउन मधेश ईन्जिनियर्स एसोसिएसनले माग गरेको छ । एक हप्ता भित्र नसच्याए आफुहरु लोकसेवा आयोगमा तालाबन्दी गर्न बाध्य हुने चेतावनी समेत एसोसिएसनका अध्यक्ष यादवले दिएका छन् ।