राजविराज, १५ चैत्र । डा. सीके राउत नेतृत्वको जनमत पार्टीको सप्तरी जिल्ला परिषद् बैठक राजविराजमा शुक्रवार सम्पन्न भएको छ ।
सुरेन्द्र मधेशीको अध्यक्षता तथा चन्देश्वर मण्डलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमा केन्द्रिय सदस्य डा. वीरेन्द्र प्रसाद यादव, स्वयम्सेवक संयोजक मनोज कुमार यादव, कार्यक्रम व्यवस्थापन संयोजक बुधेश्वर मण्डल, प्रशिक्षण विभाग प्रमुख राजनारायण यादव, महिलानेतृ जमुलिया खातुन, विद्यार्थी नेता सञ्जय यादवलगायतले नेपाल सरकारसँग भएको ११ बुँदे सम्झौता मधेश र मधेशीको पक्षमा रहेको बताएका छन् । कार्यक्रम सञ्चालन शंकर खड्गाले गरे ।