• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

फाइनलमा सप्तरीले पर्सासँग भिड्ने, महबुब म्यान अफ द म्याच

फाइनलमा सप्तरीले पर्सासँग भिड्ने, महबुब म्यान अफ द म्याच

राजविराज, १६ फागुन । प्रदेश नम्वर २ स्तरीय क्षेत्रिय छनौट क्रिकेट प्रतियोगिता अन्र्तगत छैठो दिनको अन्तिम लिग खेलमा सिरहालाई सर्लाहीले ६ विकेटले पराजित गरेको छ भने सप्तरीले रौतहटलाई २५ रनले पराजित गर्दै फाईनलको लागि आफनो स्थान पक्का गरेको छ ।
मध्यमाञ्चल खेलकुद विकास समितिको आयोजना तथा जिल्ला खेलकुद बिकास समिति सप्तरी र सप्तरी क्रिकेट संघको संयुक्त संयोजनमा राजबिराज स्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको खेल मैदानमा जारी बिहिवार सिराहाले टसजिती पहिलो ब्याटिङ्ग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ६ बिकेटको नोक्सानीमा ९२ रन जोडे ।
सिरहाका लागि अशोक यादवले नटआउट रहँदै ३५ रनको योगदान दिए भने आशुतोष बिक १७ तथा रिषभ कार्कीले १८ रनको योगदान दिए । बलिङ्गतर्फ सर्लाहीका सन्दिप खडकाले ३ तथा सुशान्त सिह, रोशन सिंह र निरज मिकरानीले सामान १ बिकेट लिए । ९३ रनको लक्ष्य लिई मैदानमा ओर्लेको सर्लाहिले उक्त लक्ष्य १६ ओभर ५ बलमा ४ बिकेटको नोक्सानीमा भेटाए । सर्लाहीका लागि सुशान्त सिंहले नटआउट रहि ३३ तथा सुभाष पण्डित र सुधीर चौधरीले क्रमशः १९ र १४ रनको योगदान दिए । सिरहाका तर्फबाट पार्थिव यादव, दिलिप यादव, कुश मण्डल र प्रदिप पण्डितले सामान १ बिकेट लिएका थिए ।
खेलको म्यान अफ द म्याच सर्लाहीका तर्फबाट अलराउण्ड प्रर्दशन गरेवापत सुशान्त सिंहलाई घोषित गरियो । बिहिवार नै सम्पन्न एक अर्को खेलमा रौतहटले टस जितेर सप्तरीलाई ब्याटिंङ्गको निम्तो दिएपछि किर्तिमानी खेलाडि महवुव आलमको बिष्फोट ब्याटिंग गरेपछि निर्धारित २० ओभरको खेलमा ६ बिकेटको नोक्सानीमा १ सय १५ रनको योगफल तयार पारे । महवुवले ३८ बलमा ४ चौका र ७ छक्काको मद्दतले ७२ रनको बिष्फोटक पारी खेले भने गुणानन्द रायले २९ तथा विकास दासले नटआउट रहि १५ रनको योगदान दिए । बलिङ्गतर्फ रौतहटका लागि सुनिल मिश्रा र रबि साहले सामान २ बिकेट तथा राजेश यादव र आशिक साहले सामान १ बिकेट लिए ।
१ सय ५२ रनको लक्ष्य लिई मैदानमा ओर्लेको रौतहटले २० ओभर खेलि ७ बिकेटको नोक्सानीमा १ सय २६ रन मात्र जोडन सके । रौतहटका लागि आशु कन्डोईले आकर्षक ब्याटिङ्ग गर्दै ४१ बलमा ४ चौक्का र २ छक्काको मद्दतले ४७ रन तथा शैलेन्द्र कुशवाहा २४ तथा आशिक साहले १७ रनको योगदान दिएका थिए । सप्तरीका तर्फबाट अनिल यादव र राहुल मण्डलले सामान २ बिकेट तथा बिवेक यादवले १ बिकेट लिए ।
उत्कृष्ट ब्याटिङ्ग गरे वापत किर्तिमानी खेलाडी महवुव आलम खेलको म्यान अफ द म्याच घोषित भए । आयोजक समितिका संयोजक रवी रायका अनुसार प्रतियोगिता अन्र्तगत शुक्रवार तेश्रो स्थानको लागि पहिलो खेल बारा र सर्लाही बिच तथा फाइनल खेल सप्तरी र पर्सा बीच हुने जानकारी दिएका छन् ।