राजविराज, १२ फागुन । सप्तरीको राजविराजमा सञ्चालित प्रदेश नम्वर २ स्तरीय क्षेत्रीय छनौट क्रिकेट प्रतियोगिता अन्र्तगत पहिलो दिनको खेलमा धनुषाले बारालाई तथा पर्साले महोतरीलाई पराजित गर्दै विजयी शुरुवात गरेको छ ।
मध्यमाञ्चल खेलकुद बिकास समितिको आयोजना तथा जिल्ला खेलकुद विकास समिति सप्तरी र सप्तरी क्रिकेट संघको संयुक्त संयोजनमा उक्त प्रतियोगिता आयोजना गरिएको हो । शनिवार सम्पन्न पहिलो दिनको खेलमा धनुषाले टस जितेर ब्याटिंगकोलागि बारालाई निम्तो दिए पछि पहिलो ब्याटिंगको लागि ओर्लेको बाराले निर्धारित २० ओभरको खेलमा १९ ओभर २ बलमा सम्र्पुण बिकेट गुमाई १ सय १३ रनमै समेटिएको थियो ।
बाराका लागि रवी कुमार साहले ५२ बलमा ५ चौक्काको मद्धतले आर्कषक ५० रनको योगदान दिएका थिए । अन्य ब्याट्सम्यानमा तिर्थराज दासले २१ बाहेक कसैले पनी दोहोरो अंक छुन सकेका थिएनन । बलिंग तर्फ धनुषाका बिशाल सुशलिंगाले ४ ओभरमा ११ रन दिई महत्वपुर्ण ४ बिकेट लिएका थिए भने आकास रोय, दिव्यान्सु मलिक र हरिशंकर साहले सामान १ बिकेट लिए ।
१ सय १४ रनको लक्ष्य लिई मैदानमा ओर्लेको धनुषाले उक्त लक्ष्य सजिलै १५ ओभर १ बलमा ६ बिकेटको नोक्सानीमा भेटाएका थिए । धनुषाका लागि हरिशंकर साह २६, कुनैेन साह २४, आयुष ठाकुर २०, अन्सरुल रैनले १० तथा परशुराम यादवले नटआउट हुदै १५ रनको योगदान दिएका थिए । बलिंग तर्फ बाराका कुमार थापाले २ तथा रवी कुमार साह र पवन सराफले सामान १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच धनुषाका बिशाल शुसलिंग घोषित भए ।
पहिलो दिननै सम्पन्न एक अर्को खेलमा पर्साले टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ५ बिकेटको नोक्सानीमा १ सय ४५ रनको योगफल तयार पारेका थिए । पर्साका तर्फबाट कञ्चन जंग कार्की ४४ तथा हासिम अन्सारी ४० ले पहिलो बिकेटका लागि ८५ रन जोडे । अन्य ब्याट्सम्यानमा सुरज कुर्मीले नटआउट रही १८ तथा सोनु अंसारीले १५ रनको योगदान दिए । बलिंगतर्फ महोतरीका बादल कुमार गुप्ताले २ तथा रितेश सिंह र राहुल प्रताप सिंहले सामान १ बिकेट लिए ।
१ सय ४६ रनको लक्ष्य लिई मैदानमा ओर्लेको महोत्तरीका राहुल प्रताप सिंह नट आउट रहँदै ४२ बलमा ४ चौका र ४ छक्काको मदतले ५७ रन बनाए पनि महोतरीको जितका लागि प्रर्याप्त हुन सकेका थिएन । महोतरीले ५ बिकेटको नोक्सानीमा १ सय ३२ रन मात्र जोडन सकेन । अन्य ब्याट्सम्यानमा मुरारी ठाकुरले २१ रन बनाए भने कुन्दन सिंह र प्रणय साहले सामान १५ रनको योगदान दिए । बलिंगतर्फ पर्साका फिरोज अन्सारीले ३ तथा सईदुलाहा अन्सारीले १ बिकेट लिए । खेलको म्यान अफ द म्याच पर्साका कञ्चनजंग कार्की घोषित भए ।
प्रतियोगिता अन्र्तगत बिहानै भएको उदघाटन कार्यक्रममा मदन मेमोरियल खेलकुद प्रतिष्ठानका अध्यक्ष ठाकुर गैरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रतियोगिताको उदघाटन कार्यक्रममा प्रदेश नं. २ का प्रदेश सभा सदस्य गोबिन्द न्यौपाने, पुर्व सभाषद अमर मण्डल, युवा नेता निरन्जन झा, जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख दिनेश भुजेल लगायतको उपस्थिती रहेको थियो । जिल्ला खेलकुद बिकास समिति सप्तरीका उपाध्यक्ष धिरेन्द्र बर्माको अध्यक्षतामा सम्पन उदघाटन कार्यक्रममा प्रदेश स्तरीय क्रिकेट प्रतियोगिताका संयोजक रवी रायले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन सप्तरी क्रिकेट संघका अम्पाएर रोशन मण्डलले सञ्चालन गरेका थिए ।