• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
वार्षिक उत्सवमा विविध कार्यक्रम

विरगञ्ज, २० पुस । वमिनी ल्याण्ड माध्यमिक विद्यालयको ४३ औं वार्षिक उत्सवको अवसरमा विद्यालयको प्राङ्गणभित्र विविध कार्यक्रमहरु आयोजना गरिएको छ ।
विरगञ्जको चौथो पुरानो मिनी ल्याण्ड माध्यमिक विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले ३४औं वार्षिक उत्सवको अवसरमा विद्यार्थीहरुलाई विभिन्न प्रतियोगितामा समावेश गराईएको थियो । प्रतियोगीतामा प्रथम, दोश्रो र तेश्रो हुने विद्यार्थीहरुलाई मेडल र कदर–पत्र दिएर सम्मान गरिएको छ ।
विद्यालयका प्रधानाध्यापक लालबाबु पटेलको अध्यक्षता तथा प्रमुख अतिथी सांसद रामेश्वर प्रसाद सिंह, विशिष्ट अतिथीमा नेपाल टेलिभिजनका नेहाल खान, विद्यालयका शिक्षक रञ्जन कुमार कर्ण, नागेन्द्र पटेल, श्रीराम सिंह, चन्दन पटेल मुन्ना पटेल, अजय चौधरी र प्रह्लाद चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।