राजविराज, २ पुस । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर–१ बेल्ही टोलमा सोमवार विहान आगलागी हुँदा ७ ओटा घर तथा गोठ जलेर नष्ट भएको छ भने २६ थान पशु चौपाया समेत जलेर मरेको छ ।
स्थानीय विजय कुमार रायको गोठमा बालिएको घुरबाट सल्किएको आगो फैलिएर रायको गोठ तथा छिमेकीहरु नागेश्वर राय, बब्लु भनिने किसुन राय, अजयकुमार राय, रामचन्द्र राय र अहिल्यादेवी रायको एक–एक वटा घर जलेर नष्ट भएको हो । बस्तीका सबै जना सुतिरहेको अवस्थामा अचानक करिब २ बजेको समयमा आगाली भएको थियो ।
आगलागीमा नगद, गरहना, अन्नपात, लत्ताकपडा, फर्निचर सहितका सामान जलेर नष्ट हुँदा करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको अग्नीपीडित कृष्णदेव रायले बताए । उनका अनुसार सबै सुतिरहेकोले आगलागी भएको थाहा पाउँदा ओ सल्किसकेकोले गोठमा बाँधिएका गाई, बाख्रा तथा खसीलाई बाहिर निकाल्न सकिएन ।
राजविराज नगरपालिकाबाट पुगेको वारुणयन्त्र, स्थानियवासिन्दा र स्थानीय प्रहरीको सहयोगमा विहान करिब ५ बजे आगो नियन्त्रणमा आएको जनाएको छ ।
राष्ट्रिय
बेल्ही टोलको आगलागीमा करिब २५ लाखको क्षति
सात घर र २६ चौपाया जलेर नष्ट