• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

म्याजिकको ठक्करबाट आमाको मृत्यु, छोरी गम्भीर घाइते

म्याजिकको ठक्करबाट आमाको मृत्यु, छोरी गम्भीर घाइते

राजविराज, १४ मंसिर । सप्तरीको राजविराज–रुपनी सडकखण्डमा म्याजिकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने एक बालिका घाईते भएकी छिन् ।
गत राति रुपनी गाउँपालिका–१ स्थित ना१ज ८१०३ नम्वरको म्याजिकको ठक्करबाट गम्भिर घाईते भएकी सोहि ठाउँकी ३८ वर्षिया प्रमिला देवी पासवानको उपचारको क्रममा मृत्यु भएको हो । रुपनी स्थित युनिक अस्पतालमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाईते भएकी प्रमिलाकी १४ महिनाकी छोरी पार्वती कुमारी पासवानको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमालले जानकारी दिएका छन् । चालक र म्याजिक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।