• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

नायिका डोली सरकारलाई भारतमा ‘मिथिला विभूति’ सम्मान

नायिका डोली सरकारलाई भारतमा ‘मिथिला विभूति’ सम्मान

राजविराज, १० मंसिर । सप्तरीको राजविराज निवासी चर्चित नायिका डोली सरकारले भारतमा ‘मिथिला विभूति’ अलङ्कारबाट सम्मानित भएकी छिन् ।
मैथिली फिल्म, गीत, सङ्गीत एवम् नृत्य क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै उनलाई उक्त उपाधीबाट सम्मान गरिएको हो । भारतको दरभङ्गा स्थित विद्यापति सेवा संस्थान नामक संस्थाले नायिका सरकारलाई गत साता मैथिली भाषाका महाकवि विद्यापति स्मृति पर्व एवम् मिथिला विभूती समारोहमा नेपालबाट उक्त उपाधीबाट अलंकृत गरिएको महासचिव वैद्यनाथ चौधरी ‘बैजु’ जानकारी दिएका छन् ।
उनका अनुसार भारत तथा नेपालका वरिष्ठ साहित्कार एवम् कलाकर्मीहरुको उपस्थिति रहेको उक्त समारोहमा नायिका सरकारलाई विभूती अलङ्कृत ताम्रपत्र, पाग र दोसल्लाले सम्मान गरिएको छ ।

सम्मान ग्रहण गरी जन्मथलो फर्किएकी उनले खुशी व्यक्त गर्दै भनिन् ‘यो सम्मान मेरो जीवनकै ठूलो र सर्वाधिक महत्वपूर्ण सावित भएको छ, मैले कला क्षेत्रमा गरेका संघर्षहरुको मूल्याङ्कन भएकोमा म धेरै खुशी छु, यो सम्मानोपाधीको गरिमालाई कायम राख्नेछु ।’ आफुले मैथिली भाषा एवम् कला संस्कृतिको संरक्षण सम्वद्र्धन गर्न आफुहरु प्रतिवद्ध रहने उनले प्रतिवद्ध व्यक्त गरे ।
चार वर्षकै बाल्यावस्थादेखि उनी कलाक्षेत्रमा प्रवेश गरेकी थिईन् । उनले दर्जनौ म्युजिक भिडियोहरुमा प्रतिभा प्रष्फुटन गर्दै दर्जनौ मैथिली, भोजपुरी, नेपाली सहितका भाषाहरुमा निर्माण भएका ठूलो पर्दाका सिनेमामा मुख्य नायिकाको रुपमा भूमिका गरेकी छिन् । उनले देश–विदेशका ठूला स्टेजहरुमा मिथिला, मधेश तथा नेपालको तर्फबाट प्रतिनीधित्व गर्दै प्रतिभा प्रष्फुटित गरिसकेकी छिन् ।
नायिका सरकारको मुख्य अभिनय रहेको ‘भोर’ नामक नेपाली चलचित्र केही महिना अघि रिलिज भएको थियो । समाजिक तथा सांस्कृतिक क्षेत्रमा समेत चिन्तनशील रहँदै आएकी नायिका सरकारको योगदान मिथिला–मधेशमा अतुलनीय रहेको छ ।