वृजमान तामाङ्ग/ विरेन्द्र वजार, १६ कार्तिक । प्रदेश नम्वर २ का भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले कृषिमा आत्मनिर्भर नभएसम्म प्रदेश नम्वर २ समृद्ध हुन नसक्ने बताएका छन् ।
सप्तरीको सप्तकोशी नगरपालिकामा शुक्रवार साना किसान कृषि सहकारी संस्था लिमिटेड ओद्राहाको १३ औ वार्षिक साधारण सभालाई सम्वोधन गर्दै उनले यस्तो वताएका हुन । देशकै कृषियोग्य भुमी प्रदेश नम्वर २ मा रहेको बताउँदै मन्त्री साहले भने, प्रदेश नम्वर २ को मुख्य श्रोत कृषि हो, प्रदेशका जनता कृषिमा निर्भर नभएसम्म समृद्ध प्रदेश हुन सक्दैन ।’
प्रदेश २ का सरकारले कृषि, उधोग र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएको वताउँदै कार्यक्रमका प्रमुख अतिथी मन्त्री साहले किसानको समस्या र आवश्कतालाई सम्वोधन गर्ने निती तथा कार्यक्रम रहेको सहकारी संस्थाहरुलाई प्रदेश सरकारले पुर्ण रुपले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । गरिव, किसान, मजदूर र मुलुकमा उत्पीडित र सर्वहारा वर्ग र समुदायको हक अधिकारप्राप्तिका निम्ति जिवनभर संर्घष गरेको जानकारी गराउँदै मन्त्री साहले मुलकमा रहेको भेदवाव र असमानता र विभेद अन्त्य नभएसम्म संघर्ष जारी राख्ने बताए । 
केन्द्र सरकारको काम कारवाहीप्रति असन्तुष्टि व्यक्त गर्दै मन्त्री साहले केन्द्र सरकारले प्रदेश सरकारप्रति यस्तै रवैया कायम राखे प्रदेश सरकार संविधान वमोजिम अगाडि वढ्ने समेत मन्त्री साहले चेतावनी समेत दिए । साना किसान कृषि सहकारी संस्था लिमिटेड सप्तकोशी नगरपालिका–८ ओद्राहाका अध्यक्ष लक्ष्मी चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा कृषि संस्था बैंक जनकपुरका संरक्षक रामवावु पाण्डे, साना किसान कृषि सहकारी संस्था रायपुरका प्रबन्धक घनश्याम यादव, संघीय समाजवादी फोरम नेपाल सप्तरीका सह सचिव वृजमान तामाङ, सप्तकोशी नगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष चन्द्र नारायण यादव, वडा नम्वर ४ का वडा अध्यक्ष वद्री नारायण चौधरी, वडा नम्वर ८ का वडा अध्यक्ष केवार प्रसाद साह, त्रियूगा सहकारी संस्थाका अध्यक्ष शम्भु खड्का, संघीय समाजवादी फोरम नेपाल सप्तकोशी नगरपालिका का संयोजक राम कुमार यादव, सविक ओद्राहा गाविसका भुपु अध्यक्ष रविन्द्र चौधरी, नेकपा सप्तकोशी नगरपालिकाका नगर संयोजक लेखनाथ घिमिरे, सप्तकोशी नगरपालिका वडा नम्वर ८ का वडा सचिव गोविन्द खड्का, मावि ओद्राहाका प्रधानाध्यपक कपलेश्वर यादव, सहकारीका शेयर सदस्यहरु राज कुमारी चौधरी, गोविन्द खत्री, मन्जु चौधरी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्दै किसानको आवश्यकता र समस्याप्रति सरकार गम्भीर नभएको गुनासो गरे ।
साना किसान कृषि सहकारी संस्थाका प्रवन्धक विष्णुदेव यादवद्वारा सञ्चालित कार्यक्रममा स्वागत संस्थाका कर्मचारी सुषमा कुमारी चौधरीले गरिन् । कार्यक्रममा संस्थाको गतिविधीमा महत्वपुर्ण योगदान गर्ने दुई दर्जन व्यक्तीहरुलाई प्रमुख अतिथी भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले प्रमाण—पत्र र सम्मान पत्रद्वारा सम्मान गरे भने मन्त्रीसाहलाई संस्थाद्वारा मायाको चिनो प्रदान गरे ।