• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मैथिली फिल्म औकातको प्रिमियर शो शनिवार

राजविराज, २ असोज । शम्भुनाथ सिनेमा प्रा.लि.को ब्यानरमा निर्माण भएको मैथिली कथानक एक्सन फिल्म औकात (ताकत प्रेमके)को ‘प्रिमियर शो’ काठमाण्डौमा हुने भएको छ ।
काठमाण्डौको कोटेश्वर स्थित पुष्पाञ्जली सिनेमा हलमा शनिवार साँझ ५ बजे उक्त फिल्मको ‘प्रिमियर शो’ प्रदर्शन हुने भएको हो । राजदेव चौधरी (राजु)को निर्देशनमा निर्मित उक्त फिल्मको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगिसकेको फिल्मका निर्माणकर्ता सबुरलाल सरदारले जानकारी दिएका छन् ।
२ घण्टा २४ मिनेट अवधिको सो फिल्म दर्शकहरुले हेरेर कलाकारहरुको हौसला बढाई दिन हुन उनले अपिल गरेका छन् । निर्माता मालिक पण्डित र राजकुमारी सरदार रहेको उक्त फिल्ममा धनराज चौधरी, मोनिका दाहाल, कौशल (लिजा चौधरी), सबुरलाल सरदार, डि.पी. शास्त्री, भूपेन्द्र कुमार मण्डल, मालिक पण्डित, साबिर आलम, विशे चौधरी, रुपेश ठाकुर, विवेक विक लगायतका कलाकारहरुको बेजोड अभिनय रहेको छ ।
सामाजिक एवम् समसामयिक कथावस्तुलाई आधार बनाएर निर्माण गरिएको ‘औकात’मा कथा, पटकथा एवम् सम्वाद डि.पी. शास्त्रीको रहेको छ । निक्कै मेहनत गरेर निर्माण गरिएको उक्त फिल्ममको सह–निर्मातामा मो. अन्सारुल क्यामरामा यज्ञ पराजुली, द्वन्द्व श्री श्रेष्ठ, मेकअपमा रमेश माझीले साथ दिएका छन् ।
औकातको विशेष आकर्षणको रुपमा गे बहिना कोना क कटलौ राईत गे, स्वर्गस’ सुन्दर, दिलके बात दिलस’ एक राइत दू चान्द, दिलके दरद, चढल जवानी लगायतका गीतहरु समावेश गरिएको छ । गीतहरुमा भागवत मण्डल, अन्जु यादव, सन्नु कुमार, मुनचुन, सोनी लगायतका गायक गायिकाहरुको स्वर रहेको छ ।
गीत रचना राजु चौधरी र सन्नु कुमार, सङ्गीत रोहित प्रमोद, सह–निर्मातामा मो. अन्सारुल, नृत्य निर्देशन दर्पी सरदार ‘मुस्कान’ र आर.के. पाण्डेको रहेको छ । प्रिमियर शो पश्चात चाँडै फिल्म हलहरुमा प्रदर्शनमा आउने सह–नायक समेत रहेका सरदारले जानकारी दिए ।