राजविराज, १५ असार । ‘उत्पादनमा बृद्धि राष्ट्रको समृद्धि’ मूल नाराका साथ १५औं राष्ट्रिय धान दिवस शुक्रवार सप्तरीमा समेत मनाईएको छ ।
सेभ द चिल्ड्रेनको सहयोग तथा सेभ द सप्तरीको आयोजनामा जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नम्वर–३ मा सामुहिक रोपाई गरेर दिवस मनाईएको हो । सखडेश्वरी कृषक समूहको समन्वयमा रोपाई गरी दही च्युरा खाएर उत्साहका साथ दिवस मनाईएको छ ।
उक्त कार्यक्रममा वडा अध्यक्ष दिपेन्द्र कुमार यादव ‘दिपु’, सेभ द चिल्ड्रेनका जिविकोपार्जन कार्यक्रम संयोजक ईन्द्र प्रसाद हायु, सेभ द सप्तरीका जेटी रामकुमार साह, मिल अफिसर सन्तोष यादव, फिल्ड अफिसर अरुण कुमार यादव, स्पोन्सर टिमका सहायक अधिकृत मुकेश कुमार मण्डल, स्पोन्सर सहायक राजेश चौहान, सखडेश्वरी कृषक समूहकी अध्यक्ष कलावती खङ्ग, छिन्नमस्ता कृषि सेवा केन्द्रकी संगीता चौधरी, नारायणी खत्री, विभिन्न गाउँपालिकाका समाजिक परिचालकहरु भूपेन्द्र सदा, पिंकी राय, मुनेश्वर मुखिया लगायतको उपस्थिति रहेको थियो ।
यसैगरी सुरुंङ्गा नगरपालिका वडा नम्वर ३ दौलतपुरमा गुलाव कृषक समुहको आयोजना तथा सबल नेपाल र सेभ द चिल्ड्रेनसंगको सहकार्यमा मनाईएको हो । कार्यक्रम अन्र्तगत गुलाव कृषक समुह तथा सबल नेपालका पदाधिकारी, कर्मचारी लगायतले २ कठा खेतमा धान रोप्दै धान दिवस मनाइएको छ ।
