राजेश विद्रोही
अचेल सधैं कारागाबाट एकजना सहयात्रीको फोन आउने गर्छन् । सुख दुःखका कुराहरू सुनाउने गर्छन् । कुरा सुनि दिनुपर्ने र समस्या बुझि दिनुपर्ने हुन्छ । एक वर्गिय सहयात्रीको नाताले आफ्नो कर्तव्य निर्वाह गरिदिनुपर्ने हुन्छ । उनले सधैं एउटा उत्साहित कुरा गर्नु हुन्छ ।
वर्ग शत्रुसँग कहिल्यै नझुक्नु । म छिटै छुट्ने छु । अब धेरै दिन छैन । नियमले नै छुट्ने छु । जेल पनि जीवन हो । जीवन पनि जेल हो । यो जीवन सबैले पाउँदैन । पाउनेले भोग्दैन । नपाउँनेले भोग्छन् । कानूनमा समस्या छन् । शासकमा समस्या छन् । सत्तामा समस्या छन् । त्यसैले जेलभित्र पनि समस्या छन् ।
जेलमा हुनुपर्ने मान्छे जेलमा छैन । जेलमा नहुनुपर्ने मान्छे जेलमा छन् । कानून नबदलिए जेल कसरी बदलिन्छ ? जेलै नबदलिए मान्छे कसरी बदलिन्छ ? मान्छे नबदलिए संसार कसरी बदलिन्छन् ? संसार नबदलिए युग कसरी बदलिन्छ ? जेलको सदुपयोग छैन् । कैदिको उपयोग छैन् । त्यसैले जेल जेल जस्तो छैन् । कानुन कानून जस्तो छैन् । बल्ल थाहा भयो सताकालागि राजनीतिक छलकपट । राजनीति यस्तै रहेछन् । हुने कुरा नहुने । नहुने कुरा हुने । यहि राजनीतिको रंग हो । जीवन बाँच्नेको ढङ्ग हो ।
२०५९ असार २४ गतेको सालको कुरा हो । अशोक मण्डल (अमर), सप्तरी जिल्लाको जनमिलिसिया कमाण्डर थिए । म भिसी थिए । मुलुकमा चर्को संकटकाल थियो । पार्टी र संगठन् चलाउन कठिन थियो । अधिकांश साथीहरू नेपाल छाडिसकेका थिए । सप्तरी र उदयपुर जिल्लाको पार्टी हेर्ने जिम्मेवारी शहिद अजवलाल यादवको थियो । सांगठनिक कमाण्ड शहिद बेदप्रसाद भट्टराई बादलले गरेका थिए । कार्यकर्ता पाल्न र दुश्मनका विरूद्ध लड्ने पार्टीको निर्देशन छँदै थियो । सकस ठूलै थियो । संकट नि ठूलै थियो । कहाँ खाने ? के खाने ? कहाँ बस्ने ? कसरी बस्ने ? र, कसरी बाँच्ने ? संकट थियो । तर, संकट थियो ।
दिनरात जंगल–झारमा जीवन वित्ने गर्दथ्यो । कुनै, कुनै दिन मात्र खाना खान गाउँतिर पस्ने अवसर मिल्थ्यो । बिस्कुट, च्याउच्याउ र च्यूरा भुजामै जीवन चल्थ्यो । प्रहरी दमन र सिआईडीको कारण खाने एक ठाउँ र हात सुकाउने अर्को ठाउँ हुन्थ्यो । आराम गर्ने र राती सुत्ने ठाउँ पनि सरेको सरै गर्नु पर्दथ्यो । त्यो पनि गतिमा हुन्थ्यो । सेना प्रहरीको दमन र सिआईडिको कारण बाँच्न र कार्यकर्ता पाल्न निकै कठिन भईरहेका थिए । तत्काल भोकको व्यवस्थापन कसरी गर्ने, अमर र मैले सल्लाह गरे । प्रत्येक हप्ताको बुधबार गाउँको स्वालम्बन विकास बैंकमा महिलाहरूले पैसा जम्मा गर्थे । पैसा कसरी कब्जा गर्ने प्लान बन्यो ।
बुधवार ११ बजेको थियो । महिलाहरू किस्ता बुझाएर फर्किसकेका थिए । अमरले लालमोहमदको घरमा बसेर रेक्की गर्नुभयो । म बैंकभित्र छिरे । एक जना कर्मचारीले पैसा गन्दै थियो । मसँग भएको मौजर उनको कन्चटमा सटाए । भएको पैसा सबै लिएर हामी फरार भयौं । जम्मा १९००० हजार थियो । पछि प्रहरीको टोली आएर मेरो घर छापा मारे । घरमा आमा बुबा मात्र थियो । दुबै जनालाई चरम यातना दिदै हातमा हतकडी लगाएर राजविराज जिल्ला प्रहरी कार्यालयमा लगे । बुबा आमालाई मरणासन्न हुनेगरी चरम यातना दियो । चरम यातनाको कारण बुबा आमाको चेत गुमयो । बुबा स्कूलको शिक्षक थिए । सरकारी कर्मचारी भएकाले एक महिनापछि बुबासँग हामीले कब्जा गरेको पैसा फिर्ता गर्ने शर्तमा धरौटी सहित १९००० हजार तिरेर छुट्नु भयो । आमा भन्ने यातनालयमा रहिरहिन् ।
डेढ महिना पछि आमा पनि धरौटीमा छुटिन् । ६ महिना पछि फेरि आमालाई पक्राउ गरे । एक महिना पछि फेरि धरौटीमा छोडे । पटक पटकको गिरफतारी र यातनाले आमा अहिले पनि बाँचेर पनि मरेकै सरह छिन् । कुनै चेत छैनन् । बुबा आमाको के गल्ति थियो ? कुनै गलत थिएन् ।
बुवा–आमाकै गल्ति थियो भन्ने मलाई किन फेरी षड्यन्त्रपूर्वक जेलमा कोंचियो ? सामान्य चोरी मुदामा सारा खान्दानलाई यातना र पीडाको सूलीमा चढायो । के मलाई जन्म दिएर बुबा आमाले गल्ति गरे ? एउटै मुद्दा किन पटक–पटक दोहरियो ? के मुलुकले प्राप्त गरेको गणतन्त्र गलत हो ? आज मुलुक गणतन्त्रमय भएको छ । यसमा मेरो परिवारकै योगदान र बलिदान छ । चोरी मुद्दा त्यसै लागेको होइन । राजनीतिमा चोरी, डकैती, अपहरण, हत्या, देशद्रोह, सार्वजनिक लगायतका मुद्दा स्वाभाविक रूपमा लाग्ने र लगाउने गर्छन् ।
अझैं पनि मेरा बुबा आमा जीवित छन् । आमा घरी हाँस्ने, घरी रोई राख्ने र बरबराई राख्ने गर्छिन् । मानव वधशालामा पाएकी यातनालयका कहरहरू गुनगुनाई राख्छिन् । साथीभाई, ईष्टमित्रहरूले के भन्नलान् भन्दै म त बुबाआमालाई हप्काउँथे र दप्काउँथे । आफ्नो अपरिपक्क चेतनाको प्रयोग गर्थें । म आज महसुस गर्दैछु कि पार्टीको एक बफादार र अन्धभक्त सिपाही नै थिए । समयले सिकाउँदै छन् । समयले बुझाउँदै छन् । राजनीतिक जीवन के हो । पुर्खाले राजनीति नगरे पनि उनका कलिला सन्तानहरूले राजनीतिक जीवन रच्दैछन् । धेरै रचीसकें । धेरै भोगी सकें । कलिलै उमेरमा । अझैं थुप्रै रच्न र भोग्न बाँकी नै छन् हरिया उमेरमा । भोग्नु छ अझैं । सिक्नु छ अझैं । रच्नु छ अझैं । सात समुन्दर पार गर्न अझैं बाँकी छ जीवन ।
पार्टीले मधेशी सेना निर्माणको अभियान चलाउँदा सेनामा छिटै मरिन्छ कि आत्मसुरक्षावादीहरू थुप्रै जन्मिए । सैन्य मोर्चामा अरू र अन्य वर्गलाई अगाडी सार्थे । अवसरवादी दलालहरू पछाडि बस्थे । मलाई अझैं ती अन्तर्विरोधका विषयहरू सम्झना छ । मधेशमा पार्र्टीिभत्र अन्तरघातको षड्यन्त्रहरू थाहा छ । को मरे ? किन मरे ? को बाँचे ? किन बाँचे ? आज को अवसर पाए र पाउँदैछन् ? सबै इतिहास थाहा छ । आफूहरू गणतन्त्र प्राप्तिका लागि पार्टीले जे आवश्यकता महसुस गर्थे अन्धभक्त भएर पुरा गर्थे । जीवनलाई हत्केलामा राखेर थुप्रै युद्ध मोर्चाहरू लडें । पार्टीको सानादेखि ठूला जिम्मेवारी निर्वाह गरे । युद्ध मोर्चामा आफ्नै चेत गुमेको होस थाहा छ । अझैं पनि शरिरमा बमबारूद र गोलीका पर्राहरू बोकेको पनि थाहा छ । बाँचुन्जेल औषधि खाई राख्नुपर्ने औषधीको नाम समेत थाहा छ । सिलिगुड़ीमा च्यांग डाक्टरले उपचार गर्न नसकेको त्यो पनि थाहा छ । घाइते र अद्र्धचेतको नाममा २०६८ सालदेखि जिल्ला प्रशासनकै रोहबरमा ६२०० जीवन निर्वाह भता खाँदै आएको पनि थाहा छ । शान्ति प्रकृयामा आईसकेपछि शान्ति समितिको एउटा सदस्य थिए त्यो पनि थाहा छ । जनताको हजारौं काम गर्न पुलिस प्रसासन र अरअदालत धाईरहेका थिए त्यो नि थाहा छ । पार्टीका लागि के गरे के गरिन त्यो पनि थाहा छ । मुलुकमा सत्यनिरूपन तथा मेलमिलाप आयोग छ त्यो पनि थाहा छ ।
आमाबुबाले त्यही मुद्दामा जेल पनि भोगिसकेको छ । कब्जा गरेको पैसा पनि तिरौति गरिसकेको छ । तर, पनि म जेलभित्र छु । एक महिना कैद ५९०० जरिवाना मेरो नामको फैसला हो । तर, मैले ५९,००० को जरिवाना तिर्न पाएन् । एक महिनाको जेलसजायको साटो दुई वर्ष भैसक्यो तर, फैसला छैन् । बालकृष्ण ढुंगेलले आम माफी पाएर जेलमुक्त भए । एक जनाको पछि सारा शक्ति दुरूपयोग गरे । तर, तिनै शक्ति यस अघिदेखि हजारौं बन्दी योद्धाहरूका लागि प्रयोग भएन ।
चोरी अभियोग ठूलो कि सर्वोच्चले हत्या अभियोगमा सर्वस्वसहित जन्मकैदको फैसला गरेको अभियोग ठूलो ? के चोरी र हत्या अभियोगको फैसला गर्ने न्यायिक अदालत फरक फरक छन् ? किन यसरी हुँदै छन् कानूनी खेल र जालझेल ? कानूनले एकपटक फैसला गरिसकेको निर्णय पनि फेरिन्छ ? फेरिन्छ भन्ने केहि सिमित वर्गका लागि मात्र हो कि आम नागरिकको लागि पनि हो ? किन हुँदैछ एउटै देशमा एउटै नागरिक माथि कानुनी विभेद ? जसले काँधमा बन्दुक पिठ्यूमा झोला, कमरमा बमको गोला बोकेर जीवनको बाजी थापेर मुलुकमा गणतन्त्र ल्याएँ । आज तिनै गणतन्त्र सेनानी जेलभित्र छन् । जसले गणतन्त्रलाई हत्या गर्न दिन–रात संसारका सारा सैन्य दस्ता र कला प्रयोग गरे । हजारांै जनताका होनहार छोराछोरीको हत्या गरे । आज तिनीहरू लोकतान्त्रिक गणतन्त्रका मसीहा भएका छन् । शासक बनेका छन् । पुनः सताका मालिक भएका छन् । र, ती व्यवस्था ल्याउनेहरूको मलामी बनेका छन् ।
यसर्थ उनको गम्भिर प्रश्नहरू छन् । द्वन्दकालिन मुद्दामै सर्वस्व जन्मकैदको फैसला भईसकेका बालकृष्ण ढुंगेल लगायतका ८ हजारले आम माफी पाए, मैले किन पाएन ? ममाथि राज्यले किन विभेद गरे ? उनले भन्छन्, मलाई सबै कुरा थाहा छ । २०५९ सालको द्वन्दकालिन मुद्दामा २ वर्षदेखि कसरी कारागारमा छु । किन कारागारमा छु ? ३ वर्ष शान्ति समितिको सदस्य रहँदा हिजोसम्म प्रहरीप्रशासनले किन पक्राउ गर्न सकेन ?
२०६४ सालदेखि जिल्ला प्रशासनको रोहबरमा जीवन निर्वाह भत्ता खाँदै आएको छु । म कसरी फरार अभियुक्त भएँ ? ममाथि मुद्दा छ, किन सूचना नदिई पक्राउ गरे ? यहाँको कानून फिरंगी छन् । यहाँको प्रशासन फिरंगी छन् । यहाँको सता र सरकार पनि फिरंगी छन् । जे मन लाग्यो त्यहि गर्दै हिंडेको छ । २०५९ सालको मुदा २०७१ मा फैसला गर्छन् र २०७३ मा परार अभियुक्त भनि अनि जस्ता निर्दोष व्यक्तिलाई पक्रउ गर्छन् । र, जेल चलान गर्छन् । जेलभित्र यस्ता थुप्रै निर्दोष नागरिकहरू अनाहकमा जेल भोगिरहेका छन् । जसको कुनै पहुँच छैन् । यति सम्म कि कानुनभन्दा वाहिर ८० वर्षको देवनारायण मण्डल बृद्धदेखि नाबालकसम्मकालाई जेलमा हालेर कानूनी जेलको बदनाम गरिरहेका छन् । त्यसैले सरकार यो लोकतान्त्रिक न्यायिक फैसला र व्यवहार होइन् ।
लोकतान्त्रिक राज्यको सहि र सम्मान जनक न्यायिक र निष्पक्ष कानुनी प्रत्याभूति गराउने दायित्व राज्य र सरकारको हो । दुई वर्षदेखि राजविराज कारागारमा जेलजीवन विताई रहेका अरूण कुमार साहतिर फर्केर हेर । यस्ता थुप्रै अनिलहरू भेटिनेछन् । जसले निलकाडाँहरू चपाएर गणतन्त्र राज्य ल्याउन योगदान र हलिदान दिएका हुन् । यी होनेहार सपुतहरूमाथि दलीय राजनीतिक विभेद भए पनि राज्यको सम्मान हैसियतबाट आम माफि दिनै पर्छ सरकार । नभए राज्य र राजनीतिक दलको चरित्र फरक नभए एउटै वर्गको नजरबाट आम नागरिकले मूल्यांकन गर्ने छन् ।
(प्रस्तुत अनुभूती नयाँ शक्ति नेपालका तत्कालिन सप्तरी संयोजक एवं केन्द्रीय परिषद् सदस्य अरुण कुमार साहसँग गरिएको कुराकानीमा आधारित छ ।)