• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

मिस्टर एण्ड मिस एसईईको प्रथम अडिसन सम्पन्न

मिस्टर एण्ड मिस एसईईको प्रथम अडिसन सम्पन्न

नेहाल खान
वीरगञ्ज, ८ बैशाख । रोयल ईन्टरटेन्टमेन्ट एण्ड ईभेन्ट म्यानेजमेन्टद्वारा मिस्टर एण्ड मिस एस.ई.ई.को प्रथम अडिसन कार्यक्रम विरगञ्जको सिटी डान्स एकेडेमीमा सम्पन्न भएको छ ।
दोश्रो अडिसन यहि बैशाख १२ गते माईस्थान मन्दिर को प्रागंण मा हुने जनाईएको छ । प्रथम अडिसन कार्यक्रममा एस.ई.ई दिएर बसेका दर्जनौ विद्यार्थीहरुले मिस्टर एण्ड मिस एस.ई.ई कालागि प्रतिस्पर्धा गरेका छन् । तीन महिने प्रशिक्षण कार्यक्रममा प्रतियोगी प्रशिक्षणमा उपलब्धिहरु लिने छन् ।
मिस्टर एण्ड मिस एस.ई.ई को अडिसन कार्यक्रम मा प्रमुख अतिथी नेपाल टेलिभिजनका नेहाल खान, अध्यक्ष फिल्मी कलाकार युवराज केशरी, अतिथीहरु विरगंज सन्देश दैनिकका मन्सुर खान, रामाशंकर सिंहलगायतका थिए । कार्यक्रम सञ्चालन विजय ठाकुरले गरे ।
यसैगरी पर्सा जिल्ला एथलेटिक्स संघले आयोजना गरेको २१ दशमलव १ किलोमिटर दुरीकोनेपाल आईस पाँचौ वीरगंज सिटी हाफ म्यारथनको उपाधी सिनियर तर्फ आर्मीलेजितेको छ ।
त्रिभुवन आर्मी क्लबले म्याराथनको प्रथम र द्वितिय स्थानमाबाजी मारेको छ भने तृतिय स्थान सशस्त्र प्रहर बलले प्राप्त गरेका छन् । आर्मीका लालबहादुर थापा प्रथम र टिकाराज कटुवाल द्वितिय भए । थापाले १ घण्टा ११ मिनेट,कटुवालले १ घण्टा १२ मिनेट ७ सेकेन्डमा दुरी पार गर्दैपहिलो र दोस्रो स्थान ल्याए भने एपिएफका सन्तोष विष्टले १ घण्टा १२ मिनेट ३६ सेकेन्डमा दौड पुरा गर्दै तृतिय स्थान ल्याए ।यसै गरी सिनियर तर्फजुम्लाका धर्मेन्द्र बुढा मगर चौथो,माल्दिभ्सका मोहम्द रसिद पाँचौ र काठमाडौका किशोर खड्का छैठो भए ।
यसैगरी ५ किलो मिटर दुरी रहेको जुनियर तर्फ १८ मिनेटमा दौड पुरा गर्दै सुभाष थापा प्रथम, अनिल साह द्वितिय, अमित शर्मा तृतिय, हासिम मंसुरी चौथो, गोरखा फौजी पाँचौं र दिपक सार्की छैठो भए । सिनियर तर्फका खेलाडी मध्ये प्रथमले २५ हजार,द्वितियरले २० हजार,तृतियले १५ हजार तथा जुनियर तर्फमा प्रथमले ५ हजार,द्वितियरले ३ हजार र तृतिय हुने ले २ हजार नगदसहित, मेडल, प्रमाण पत्र प्राप्त गरे । म्याराथन दौड प्रतियोगिताको आर्कषणका केन्द्र विन्दुको रुपमा रहेका दक्षिण एशियाली म्याराथन तथा ओम्पियन बैकुन्ठ मान्धर,अन्तराष्ट्रिय धावक पुष्पलाल श्रेष्ठ,बुद्धवीर लामालगायतले विजेता खेलाडीहरुको हौसला बढाउन पुरस्कृत गर्दै बधाई दिएका थिए ।संघका अध्यक्ष शैलेन्द्र पाण्डेको अध्यक्षता एवं दिलिपराज कार्कीको सहजिकरणमा सम्पन्न भएको कार्यक्रममा मध्यमाञ्चल खेलकुद विकास समिति वीरगंजका अध्यक्ष मानदेव हाजरा, नेपाल आईसका प्रतिनिधि प्रदीप कंडेल, हिमालयन डिष्टिलरी लिमिटेडका कारखाना प्रबन्धक उदय भण्डारी, गण्डक हस्पिटलका सिइओ चन्दनकुमार चौरसिया, क्रिकेट एशोसियशन नेपाल, मध्यमाञ्चल क्षेत्रीय समिति वीरगञ्ज सदस्य कृष्णकन्हैया कायस्थलगायतको उपस्थिति थियो ।
यसैवीच,वीरगंजमा संस्कृति रक्षा दौड प्रतियोगिता सम्पन्न भएको छ । ५ किलोमिटर दुरीको यो प्रतियोगितामा प्रिन्स मुखिया प्रथम,चन्देश्वर पटेल द्वितिय,विकासचन्द उपाध्याय तृतीय भएका छन् ।कार्यक्रमका प्रमुख अतिथि पुर्व प्रधानसेनापति रुकमागद कटुवालले विजेता विद्यार्थीहरुलाई पुरस्कृत गरेका थिए । दौड प्रतियोगिताको रुट घण्टाघरबाट छपकैया पोखरीबाट रेल्वे रोड भएर घण्टाघरसम्म ५ किलोमिटरको लागि निर्धारण गरिएको थियो भने २१ किलोमिटरमा परवानीपुर प्रहरी चेक प्वाइन्टबाट पुनः घण्टाघरमा फर्किएको थियो ।