• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

विद्यालय भर्ना अभियान सम्बन्धि सडक नाटक प्रदर्शन

विद्यालय भर्ना अभियान सम्बन्धि सडक नाटक प्रदर्शन

राजविराज, ६ वैशाख । जिल्ला शिक्षा कार्यालय सिरहाको सहयोगमा जनचेतना सामुदायिक सिकाई केन्द्र कर्जन्हा नगरपालिका वडा नम्वर ७ सिमराद्वारा सञ्चालित विद्यालय भर्ना अभियान सम्बन्धि बिहिवार सडक नाटक प्रदर्शन गरिएको छ ।
सिरहाको कर्जन्हा नगरपालिका स्थित सिंहेश्वर पासवानको अध्यक्षतामा आयोजित उक्त सडक नाटक मरेवा बजार, मरेवा स्कुल दक्षिण टोल, थलहा स्कुल, प्रयागपुर स्कुल, सिमरा तथा कर्जन्हा बजार लगायतका स्थानहरुमा नाटक प्रस्तुत गरियो । नाटकमा तीन वर्ष माथि उमेर भएका विद्यालयमा पढ्ने योग्य बालबालिकाहरुलाई अनिवार्य रुपमा विद्यालयमा भर्ना गराउने उदेश्यले सडक नाटक प्रस्तुत गरिएको छ । विद्यालयमा भर्ना भएका बालबालिकाहरुलाई नियमित विद्यालय पठाउनु पर्ने समेत नाटकको माध्यमबाट कलाकारहरुले अभिभावकहरुलाई आग्रह गरेका छन् ।
नाटकमा निर्देशक हास्यकालाकार एवम् रेडियोकर्मी जिवछ दास, डि.पी शास्त्री, शिवानी सप्तरीया, सरस्वती राउत, निलम यादव, दिलकान्त चौधरी, सुप्रिया राउत र दशनी यादव सहित सप्तरीका कालाकारहरुले अभिनय गरेका थिए । शिक्षाबाट बञ्चित रहेका तथा शिक्षा अभावका कारण बढ्दो वाल विवाह, महिला हिंसा, लागु औषध, दुर्वव्यसनी लगायत समाजिक विकृतिलाई न्युनिकरण गरिने उद्देश्यले सडक नाटक प्रदर्शन गरिएको संस्थाका समाजिक परिचालिका बिमला कुमारी साह तथा रुपेश कुमार पासवानले जानकारी दिए ।