• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

मैथिली–भोजपुरी फिल्म अंशवण्डाको गीत सार्वजनिक (भिडियो हेर्नुहोस् )

मैथिली–भोजपुरी फिल्म अंशवण्डाको गीत सार्वजनिक (भिडियो हेर्नुहोस् )

राजविराज, ६ वैशाख । अनुरागी फिल्मस् प्रा. लि.को ब्यानरमा मैथिली–भोजपुरी चलचित्र ‘अंशवण्डा’ निर्माण हुने भएको छ ।
मधेशी पुत्र २ को सफलता पछि नायक निराजन मेहता ‘मन्जित’ले अब मैथिली एवम् भोजपुरी सिनेमा अंशवण्डा निर्माण गर्न लागेका हुन् । करिब एक दर्जन भोजपुरी, नेपाली सिनेमामा नायकको अभिनय गरिसकेका उनी पछिल्लो समय मधेशी पुत्रबाट अत्यधिक चर्चामा आएका छन् ।
आफ्नै निर्देशनमा निर्माण गर्न लागेको उक्त फिल्मको मैथिली गीतको छायांकन सम्पन्न गरी ‘मधेश दर्पण’ यु–ट्युब च्यानलबाट ‘छनकैय पायल भ’ गेलै प्यार’ बोलको गीत सार्वजनिक गरिएको छ । साहित्यकार करुणा झाको शब्द रचना रहेको उक्त गीतमा चर्चित गायक कैलाश झा र गायिका अन्जु यादवको स्वर रहेको छ । गीतको निर्माता समेत रहेकी झाको उक्त गीतमा नायक निराजन मेहता (मंजित)लाई जिरो फिगरकी नव नायिका रञ्जु खरेलले मुख्य भूमिका रहेको छ ।
यसै गीत मार्फत राजेश्वर साह सङ्गीतकारको रुपमा उदाएका छन् । सन्देश माउतेले छायांकन तथा सम्पादन गरेको उक्त गीतमा कोरियोग्राफरको भूमिका मुस्कान सरदारले निभाएका छन् । साहित्यकार झाको यसअघि समेत मधेश आन्दोलन सम्वन्धी आधा दर्जन गीत रेकर्डिङ्ग भईसकेको छ ।
रेणुका डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतमा भुषण सिंह ‘भंवर’ र रवेन्द्र रविको विशेष सहयोग रहेको निर्माता करुणा झाले जानकारी दिएकी छिन् ।