राजविराज, १६ चैत । अभिनेत्री केकी अधिकारीको प्रस्तुती रहेको चलचित्र ‘कोहोलपुर एक्सप्रेस’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक गीतबाट निकै राम्रो चर्चा पाएको चलचित्रको ट्रेलर कमेडीले पुर्ण रहेको छ । कमेडी जनरामा निर्माण भएको चलचित्रको ट्रेलरमा पैसाले उत्पन्न हुने घटनालाई प्रस्तुत गरिएको छ ।
म्युजिक भिडियोमा सफल निर्देशक विशाल भण्डारीको डेव्यु निर्देशनमा तयार भएको चलचित्रमा केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा, बुद्धि तामाङ, विनोद न्यौपाने, रविन्द्र झा, जेविका कार्की, कुशाग्र भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रमा अर्जुन पोखरेल, कालीप्रसाद बाँस्कोटा, राजनराज सिवाकोटीको सङ्गीत, लोकेश बज्राचार्यको सम्पादन, विशाल भण्डारीको कथा, शान बस्न्यातको पटकथा र संवाद भद्र बहादुर शाहीरदेवीलाल न्यौपाने (पण्डित), रशिव प्रसाद चौलागाईको लगानी रहेको छ । चलचित्र बैशाख १४ गतेबाट रिलिज हुने तयारीमा रहेको निर्माण पक्षले जनाएको छ ।