• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

मधेशका प्रख्यात कलाकार डोली, अन्जु र देवेन्द्रलाई दुबईमा भव्य स्वागत

मधेशका प्रख्यात कलाकार डोली, अन्जु र देवेन्द्रलाई दुबईमा भव्य स्वागत

राजविराज, २३ फागुन । आगामी फागुन २५ गते युनाइटेड अरब इमिरेट्सको दुबईमा आयोजना हुन लागेको मधेशी होली धमाकामा प्रस्तुतिकालागि पुगेका मधेशका तीन चर्चित कलाकारलाई बुधवार विहान भव्य स्वागत गरिएको छ ।
गैर आवासीय मधेशी संघ (युएई)ले आयोजना गर्न लागेको उक्त कार्यक्रममा सहभागी हुन दुबई पुगेका चर्चित अभिनेत्री डोली सरकार, गायिका अन्जु यादव र देवेन्द्र साह ‘सोनी’लाई दुबई विमानस्थलमा गÞैर आवासीय मधेसी संघ, यूनाइटेड अरब इमारत इकाईका संयोजक ई. सञ्जय कुमार कर्ण, सल्लाहकार डा. रबिन्द्र कुमार यादव, शुभचिंतक धर्मेन्द्र गोहिवार, नेपाल वायु सेवा निगम, दुबई शाखाका आर्थिक प्रबन्धक नरेश यादवले भव्य स्वागत गरेका छन् । उनीहरुलाई स्वागत गर्न संघका पदाधिकारीहरु त्यहाँ स्थित अन्तर्राष्ट्रिय विमान स्थल पुगेका थिए । नायिका डोली भने भारतीय दूतावासद्वारा पुणेमा आयोजना गरेको फिल्म सम्बन्धी २० दिने तालिममा सहभागी भई काठमाण्डौ फर्केर दुबईका लागि प्रस्थान गरेकी थिईन् ।
मेटल क्राफ्ट इन्डिस्ट्रीज एलएलसी मूल प्रायोजक रहेको मधेशी होली धमाका कार्यक्रम लोटस डाउन टाउन मेट्रो होटेल अपार्टमेन्ट परिसरमा कार्यक्रम आयोजना हुन लागेको दुबईमा कार्यरत डा. यादवले जानकारी दिएका छन् । दुबईमा कार्यरत मधेशी समुदायहरुको साझा संस्थाको रुपमा रहेको गैर आवासीय मधेशी संघले मधेश आन्दोलनका घाइते, शहिद परिवार, आगलागी, बाढी पीडित एवम् अति विपन्नलाई सहयोग सहित समाजिक गतिविधिहरुमा सक्रिय रहँदैआएको छ ।
मधेशको अति महत्वपूर्ण होलीको अवसरमा फागुन १८ गते कार्यक्रम निर्धारण गरिए पनि केही प्राविधिका कारणवस फागुन २५ गते राखिएको जनाईएको छ ।
विदेशमा रहेर पनि आफ््नो संस्कृतिलाई जिवन्त राख्नुपर्छ भने मान्यताका साथ एक ठाउँमा भेला भएर पारिवारिक जमघट जस्तै होली मनाउन लागिएको उनले बताए । उनका अनुसार कार्यक्रममा होली गीत, नृत्य, जोगिडा आदि प्रस्तुति रहनेछ ।
नायिका डोली र गायक देबेन्द्र दोस्रो तथा गायिका यादव पहिलो पटक गैर आवासीय मधेशी संघको कार्यक्रममा सहभागी हुन दुबई पुगेकी हुन् । नायिका डोली करिब एक दर्जन भन्दा बढी मैथिली र भोजपुरी फिल्ममा अभिनय गरिसकेकी छिन् । हालै मात्र मिडिया फर कल्चर प्रा.लि.को व्यानरमा नेपाली सिनेमाका चर्चित एवम् सफल निर्देशक यादव कुमार भट्टराईद्वारा निर्देशित फिल्म ‘भोर’ नामक नेपाली चलचित्रमा मुख्य नायिकाको भूमिका निभाएकी छिन् ।
चर्चित गायिका अन्जु यादवले करिब डेढ दर्जनभन्दा बढी मैथिली, भोजपुरी, थारु र नेपाली चलचित्रमा गीत गाईसकेकी छिन् । हालसम्म उनका दुई सय पचास ओटा भन्दा बढी विभिन्न भाषाका गीत रेकर्ड गाईसकेकी छिन् ।
यस्तै हालसम्म विभिन्न भाषामा दुई दर्जन भन्दा बढी गीत रेकर्ड गराईसकेका गायक देवेन्द्र साह ‘सोनी’को चल भैया आजादी ले बोलको गीत सर्वाधिक लोकप्रिय रहेको छ भने जोगिया जोगिया रे…जोगिडा मधेशी युवाले अत्यधिक रुचाएका छन् । कला पारखीहरुका अनुसार बलिवुडका चर्चित पाश्र्वगायक उदीतनारायण झाको स्वरको माधुर्यता गायक देबेन्द्रको आवाजमा समेत पाईन्छ ।