बृजमान तामाङ
बिरेन्द्र बजार, १७ फागुन । प्रदेश नम्बर २ का भुमी सुधार ,कृषी तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहलाई मधेश गठबन्धनका नेता तथा कार्यकर्ताहरुले भब्य स्वागत गरेका छन् ।
मन्त्रीको बनेपछि पहिलो पटक गृह जिल्ला सप्तरी आएका मन्त्री साहलाई ट्राफिक र मलेठ चौकमा कार्यकर्ताहरुले फूलमाला र अबिर लगाएर स्वागत गरेका हुन , मन्त्रीको स्वागतकालागि शम्भुनाथको ट्राफिक चौकमा संघीय समाजवादी फोरम नेपाल सप्तरीका उपाध्यक्ष कन्तलाल चौधरी र सह–सचिव बृजमान तामाङको नेतृत्वमा शम्भुनाथ नगरपालिका अन्र्तगतका मधेस गठबन्धन फोरम नेपाल र राजपा नेपालका जिल्ला तथा स्थानिय नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
यसैगरी मन्त्री साहले मलेठ घटनाका शहिदहरुको समाधीमा माल्याअर्पन समेत गरे । शहिद समाधि स्थल पुगेका मन्त्री साहलाई राजबिराज नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष शम्भु कुमार यादव(लाली) सहितका स्थानियवासीले स्वागत तथा सम्मान गरेका छन् । यसअघि मन्त्री साहले सिरहाको लाहानमा मधेश आन्दोलनका प्रथम शहिद रमेश महतोको शालिकमा माल्यार्पण गरे ।
मन्त्री साहको साथमा संघीय समाजवादी फोरम नेपाल तराई मधेश प्रदेशका मुख्य सचिव शम्भु झा, जिल्ला अध्यक्ष दिनेश कुमार यादव, युवा नेता नवनित झा र राजपाका केन्द्रीय सचिब गजेन्द्र मण्डल सहितका मधेश गठबन्धनका नेताहरु थिए ।