• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
छुरा प्रहारबाट साह घाइते

राजविराज, १६ फागुन । सप्तरीको वेलही चपेना गाउँपालिकामा बुधवार साँझ अज्ञात व्यक्तिको छुरा प्रहारबाट एक व्यक्ति गम्भिर घाईते भएका छन् ।
हाट गरेर घर जाने क्रममा वडा नम्वर ४ बस्ने परमानन्द साहमाथि छुरा प्रहार भएको हो । छुरा प्रहारबाट गम्भिर घाईते भएका साहलाई उपचारको लागि धरान पठाईएको जनाईएको छ । प्रहरी चौकी पथरगाढाका ईन्चार्ज डम्वर बहादुर केशीका अनुसार स ५ प ५५८५ नम्वरको मोटरसाइकलमा आएका अज्ञात दुई जनाले साहमाथि छुरा प्रहार गरी फरार भएको हो । फरार दुवैको खोजि कार्य भईरहेको ईन्चार्ज केसीले जानकारी दिएका छन् ।