• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
हात्तीको आक्रमणबाट मारिएका परिवारलाई राहत

राजकुमार पासवान
कञ्चनपुर,११ फागुन । हात्तीको आक्रमणबाट सप्तरीको कञ्चनरुप नगरपालिका–५ स्थित पथरीमा मारिएका दुई महिलाको परिवारलाई शुक्रवार विहिवार राहत वितरण गरिएको छ ।
कञ्चनरुप नगरपालिकाका वडा ५ का वडा अध्यक्ष कैलास साह र ५ वडा समिति सदस्यहरु समेतको सहयोगमा गत फागुन १ गते मंगलवार दाउरा काट्न कोशी टप्पु वन्यजन्तु आरक्षभित्र जाँदै गर्दा आत्तीको आक्रमणबाट वडा नम्वर–५ पथरीका नारायण साहकी ३५ वर्षिय पत्नी मञ्जुदेवी साह र टिरहा मुखियाकी ४५ वर्षिया पत्नी दुर्गीदेवी मुखियाको मृत्यु भएको थियो । मृत्क मुखिया र साहका प्रति परिवारलाई चामल १०० केजी, दाल ५ केजी,चिउरा २५ केजी, भुजा १० केजी, आलु ५० केजी, खानेतेल ५ लिटर, नुन ५ प्याकेट र मसाल ५ केजी वितरण गरिएको छ ।
कञ्चनरुप नगरपालिकाका वडा अध्यक्ष कैलाश साहले वडा नम्वर–५ कार्यालयबाट वडा समितिको बैठकबाट समेत कञ्चनरुप नगरकार्यपालिका थप राहतको लागि सिफरिस गरिए पनि अहिलेसम्म राहतको सुनवाई नभएको गुनासो गरे । मृतक मञ्जुदेवी साहका पति नारायण साहले घटना भएको ११ औं दिनसम्म पनि मेयर हेर्नसम्म नआएको आरोप लगाए ।