• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

फागुन २६ गते मैथिली फिल्म ‘औकात’को विशेष शो (भिडियो)

फागुन २६ गते मैथिली फिल्म ‘औकात’को विशेष शो (भिडियो)

राजविराज, ११ फागुन । शम्भुनाथ सिनेमा प्रा.लि.को व्यानरमा निर्मित मैथिली एक्सन फिल्म ‘औकात (ताकत प्रेमके)को विशेष शो आगामी फागुन २६ गते राजविराजमा हुने भएको छ ।
सबुरलाल सरदारको प्रस्तुतीमा निर्मित उक्त फिल्मको विशेष शो फागुन २६ गते शनिवार ९ बजेदेखि १२ बजेसम्म शिवशंकर सिनेमा हलमा हुन लागेको फिल्मका निर्देशक राजु चौधरीले जानकारी दिएका छन् । प्रदर्शनमा आउनु अघि निर्माण पक्षले राखेको उक्त ‘शो’मा सहभागिताकालागि उनले सबैपक्षसँग आग्रह गरेका छन् ।
निर्माता मालिक पण्डित र राजकुमारी सरदार रहेको उक्त फिल्ममा धनराज चौधरी, मोनिका दाहाल, कौशल (लिजा चौधरी), सबुरलाल सरदार, डि.पी. शास्त्री, भूपेन्द्र कुमार मण्डल, मालिक पण्डित, साबिर आलम, विशे चौधरी, रुपेश ठाकुर, विवेक विक लगायतका कलाकारहरुको बेजोड अभिनय रहेको छ । सामाजिक एवम् समसामयिक कथावस्तुलाई आधार बनाएर निर्माण गरिएको ‘औकात’मा कथा, पटकथा एवम् सम्वाद डि.पी. शास्त्रीको रहेको छ ।
निक्कै मेहनत गरेर निर्माण गरिएको उक्त फिल्ममको सह–निर्मातामा मो. अन्सारुल क्यामरामा यज्ञ पराजुली, द्वन्द्व श्री श्रेष्ठ, मेकअपमा रमेश माझीले साथ दिएका छन् ।

औकातको विशेष आकर्षणको रुपमा गीतहरु समेत रहेको छ । फिल्ममा नै गे बहिना कोना क कटलौ राईत गे, स्वर्गस’ सुन्दर, दिलके बात दिलस’ एक राइत दू चान्द, दिलके दरद, चढल जवानी लगायतका गीतहरु समावेश गरिएको छ ।
गीतहरुमा भागवत मण्डल, अन्जु यादव, सन्नु कुमार, मुनचुन, सोनी लगायतका गायक गायिकाहरुको स्वर रहेको छ । गीत रचना राजु चौधरी र सन्नु कुमार, सङ्गीत रोहित प्रमोद, सह–निर्मातामा मो. अन्सारुल, नृत्य निर्देशन दर्पी सरदार ‘मुस्कान’ र आर.के. पाण्डेको रहेको छ । विशेष शो पश्चात चाँडै फिल्म हलहरुमा प्रदर्शनमा ल्याईने सह–नायक सबुरलाल सरदारले जानकारी दिएका छन् ।

भिडियो