• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मदरसालाई भवन हस्तान्तरण

राजकुमार पासवान
कञ्चनपुर, ११ फागुन । नेपाल सरकार तथा बेलायत सरकारको सहयोगमा सञ्चालित सामुदायिक विकास कार्यक्रम(सिडिपी) सप्तरीले निमार्ण गरेको दुई कोठे भवन शुक्रबार एक कार्यक्रमका बीच कासिमूल उलुम मदरसा विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
भवन निमार्ण समितिका अध्यक्ष तथा कञ्चनरुप नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष करिम शेखको अध्यक्षतामा सम्पत्र कार्यक्रममा भवन उद्घाटन कञ्चरुप नगरपालिका मेयर वसन्तकुमार मिश्रले गरे । कार्यक्रममा बोल्दै मेयर मिश्रले मदरसाको भवन जस्तै गुणस्तरीय शिक्षा र क्षमतावान विद्यार्थी उत्पादनतर्फ विशेष ध्यानदिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उप–सचिव विश्वराज मरासैनी, डिएफआइडीका गोविन्द न्यौपाने, आरआरएनकी अध्यक्ष मन दहाल, सिडिपी÷आरआरएनका टिम लिडर दुर्गा खतिवडा, नेपाली काग्रेसका महासमिति सदस्य रोजित शेख लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गरे ।
मदरसा र सामुदायिक सहयोग ५ लाख २ हजार ९ सय ७० रुपैयाँ र सिडिपीबाट २४ लाख ८२ हजार ७ सय ३२ रुपैयाँ समेत गरी कुल ३० लाख ३५ हजार ७ सय २ रुपैयाँको लागतमा २ कोठे भवन निर्माण गरिएको निर्माण समितिका अध्यक्ष तथा वडासदस्य करिम शेखले जानकारी दिए ।