विराटनगर, ७ फागुन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बिराटनगरले उत्कृष्ट मानव अधिकार अनुगमन र प्रलेख कार्य गरेको भन्दै दुई जना जिल्ला प्रतिनिधीलाई सम्मान गरेको छ ।
विराटनगरमा आयोजित मानवअधिकार बर्षपुस्तक २०१८ सार्वजनिकीकरण कार्यक्रममा उत्कृष्ट कार्य गरेको भन्दै प्रदेश नम्वर १ बाट मोरङ्गकी इन्दिरा भट्टराई र प्रदेश नम्वर २ बाट सप्तरीका मनोहरकुमार पोखरेललाई सम्मान गरिएको छ । सम्मानित प्रतिनिधिद्वयलाई उच्च अदालत विराटनगरमा न्यायाधीश थिरबहादुर कार्की, इन्सेक महासचिव रमेशचन्द्र पौडेल, प्रहरी अतिरिक्त महानिरीक्षक पशुपति उपाध्यायलगायतले नगद सात हजार, प्रशंसापत्र, दोसल्लासहित सम्मान गरे । सम्मानित पोखरेल २०७० सालमा समेत सर्वोत्कृष्ठ प्रतिनिधिका रुपमा सम्मानित भएका थिए ।
‘अपेक्षा राजनीतिक स्थिरताको’ मानव अधिकार बर्ष पुस्तक २०१८ एक समारोहका बीच विराटनगरमा सोमबार विमोचन तथा सार्वजनिकीकरण गरिएको छ । प्रजातन्त्र दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा उच्च अदालत विराटनगरका माननीय न्यायाधीश तथा कार्यक्रमका प्रमुख अतिथि थिरबहादुर कार्की र कार्यक्रमका अध्यक्ष इन्सेक महासचिव रमेशचन्द्र पौडेलले संयुक्त रुपमा सार्वजनीकिकरण गरे ।
पुस्तकमा सन् २०१७ मा मुलुक भर मारिएकाको सङ्ख्या र पीडक पक्ष गरी दुई सय ५५ वटा घटनाको अभिलेख छ । तीमध्ये राज्यपक्षबाट ११, गैरराज्य पक्षबाट दुई सय ४४ वटा मानवअधिकार उल्लङ्घनका घटना छन् । ०७३ पुसदेखि ०७४ पुसभित्रमा एक बर्षको अवधिमा प्रदेश एकमा ६९४ जना, दुईमा ८३६ जना, तीनमा ८१२ जना, चारमा ९०५ जना, पाँचमा १७५१ जना, ६ मा ५१६ जना र सातमा ५४५ जना गरी जम्मा ६०५९ जना पीडित भएका छन् ।
उक्त अवसरमा इन्सेकले प्रदेश नम्बर एक र दुईबाट मानवअधिकार अनुगमन र प्रलेख कार्य उत्कृष्ट ढङ्गले सम्पादन गर्ने एक–एक जना जिल्ला प्रतिनिधिलाई नगद रु सात हजार सहित प्रशंसा पत्रले सम्मान गरेको छ ।
मानव अधिकार बर्ष पुस्तक २०१८ विमोचन तथा सार्वजनीकीकरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि न्यायधिश थिरबहादुर कार्की र कार्यक्रमका अध्यक्ष इन्सेक महासचिव रमेशचन्द्र पौडेलले संयुक्त रुपमा बर्ष पुस्तक २०१८ सार्वजनीकीरण गरे । पुस्तकमा सन् २०१७ मा मुलुक भर मारिएकाको सङ्ख्या र पीडक पक्ष गरी २ सय ५५ वटा घटनाको अभिलेख छ । जसमा राज्यपक्षबाट ११,गैरराज्यपक्षबाट २ सय ४४ वटा मानवअधिकार उल्लङ्घनका घटना छन् । ०७३ पुसदेखि ०७४ पुसभित्रमा एक बर्षको अवधिमा प्रदेश १ मा ६९४ जना ,२ मा ८३६ जना ,३ मा ८१२ जना ,४ मा ९०५ जना ,५ मा १७५१ जना ,६ मा ५१६ जना र ७ मा ५४५ जना गरी जम्मा ६०५९ जना पीडित भएका छन् ।
इन्सेक महासचिव रमेशचन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ अधिवक्ता बिपुलेन्द्र चक्रवर्ती, विराटनगर उच्च अदालतका रजिष्ट्रार नारायणप्रसाद रेग्मी, सशस्त्र प्रहरी उपरिक्षक भेषबहादुर थापा, राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत सन्तोष आचार्य, प्रा.डा. मेदिनीप्रसाद सेढाई, बरिष्ट अधिवक्ताहरु चन्द्रमणी न्यौपाने, चुडामणी आचार्य लगायतको उपस्थिति थियो । कार्यक्रममा स्वागत प्रलेख अधिकृत पुण्य अधिकारीले र सञ्चालन इन्सेक कार्यालय विराटनगरका संयोजक सोमराज थापाले गरे ।