राजविराज, ७ फागुन । प्रदेश नम्वर २ का शहिद परिवारका बालबालिकाहरुले अब निःशुल्क अध्यन गर्न पाउने भएको छ ।
निजी विद्यालय संगठन मधेश प्याब्सन धनुषाको सोमवार सम्पन्न बैठकले मधेश आन्दोलनको क्रममा शहिद परिवारका बालबालिकालाई निःशुल्क अध्यापन गराउने निर्णय गरेको छ । मधेश प्याब्सन अन्तर्गतका कुनै पनि विद्यालयमा शहिद परिवारका ती बालबालिकाहरुले नामांकन गराई निःशुल्क अध्यन गर्न पाउने मधेश प्याब्सन धनुषाका अध्यक्ष सुजित कुमार मिश्रले जानकारी दिएका छन् ।
शहिदहरुको सम्मानमा मधेश प्यावसन धनुषाको बैठकबाट यो निर्णय गरिएको मधेश प्यावसन धनुषाका सचिव मो.फजले राईनले जानकारी दिएका छन् । नव गठित मधेश प्याब्सन धनुषाको पहिलो बैठकबाट नै गरिएको यो निर्णय प्रशंसनीय रहेको शिक्षाप्रेमीहरुले प्रतिक्रिया दिएका छन् । मधेश प्यावसन धनुषामा ३५ विद्यालय आवद्ध छन् ।