राजविराज, २५ माघ । धर्मीहल्फा महिला विकास क्लव लालापट्टीद्वारा विहीबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर–१ भारदहमा कम्बल वितरण गरियो ।
हेल्प नेपाल नेटवर्कको सहयोगमा जाडोबाट बच्न स्थानीय गरिब एवम् विपन्न ४२ परिवारलाई कम्बल वितरण गरिएको हो । संस्थाका अध्यक्ष ई. सूर्यनारायण यादव, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गा, साबिक गाउँ विकास समितिका पूर्व अध्यक्ष स्थानीय समाजसेवी राजाराम मण्डल, वडा अध्यक्ष भीमराज मण्डल, वडा सचिव राम ढकाल लगायतले कम्बल वितरण गरेका थिए ।