• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

पायक पर्ने स्थानमा कार्यालय राख्न माग गर्दै प्रदर्शन

पायक पर्ने स्थानमा कार्यालय राख्न माग गर्दै प्रदर्शन

राजविराज, २४ माघ । सप्तरीको तिलाठी कोइलाडि गाउँपालिकाको वडा नम्वर २ देखि ८ नम्वरसम्मका वडा अध्यक्ष, सदस्य सहित स्थानीयवासिन्दाले बुधवार राजविराजमा प्रदर्शन गरेका छन् ।
गाउँबाट सदरमुकाम आईपुगेका उनीहरुले जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिमा ज्ञापनपत्र बुझाएका हुन् । सबैलाई सुलभ हुने स्थानबाट गाउँपालिकाको कामकाज सञ्चालन हुनुपर्ने माग गर्दै उनीहरुले राजविराजमा प्रदर्शन समेत गरेका छन् ।
गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहको अध्यक्षतामा सम्पन्न गाउँपालिका सभाले कार्यालय सञ्चालन हुने ठाउँ र गाउँपालिकाको नाम परिवर्तन गर्ने निर्णय स्वागतयोग्य रहेको उनीहरुको दावी छ । सभाको निर्णय वडा नम्वर–१ बाहेकका सम्पूर्ण जनप्रतिनिधि तथा सर्वसाधारण जनताको पक्षमा रहेको वडा अध्यक्षहरुले बताएका छन् । निर्णय कार्यान्वयन गर्न समेत प्रदर्शनकारीहरुको माग गरेका छन् ।
वडा नम्वर १ बाहेकका जनप्रतिनिधिहरुले गाउँपालिकाको नाम ‘खाँडो जिता’ तथा गाउँपालिकाको केन्द्र जिरिया हाटमा राख्ने निर्णय गरेको छ । यता तिलाठी कोइलाडि गाउँपालिका वडा नम्वर १ का जनप्रतिनिधि एवम् स्थानीय नागरिक समाजले निर्णय फिर्ताको माग गर्दै रिले अनशनलाई मङ्गलवारैदेखि निरन्तरता दिएका छन् ।