• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

तिलाठी गाउँपालिकाको नाम र केन्द्र सार्ने निर्णय विरुद्ध रिले अनशन

तिलाठी गाउँपालिकाको नाम र केन्द्र सार्ने निर्णय विरुद्ध रिले अनशन

राजविराज, २३ माघ । लुकिछिपी अबैध रुपमा गाउँ सभा गरेको भन्दै तिलाठी कोइलाडी गाउँपालिकाका नागरिक समाजको अगुवाईमा मंगलवारदेखि गाउँपालिका कार्यालयल अगाडि अनिश्चितकालिन रिले अनसन थालेका छन् ।
तिलाठी कोईलाडी–१ तिलाठी स्थित गाउँपालिकाको केन्द्र अगाडि नै धर्ना वसेका स्थानियहरुले गाउँपालिकाको व्यवस्थित कार्यालय हुँदाहुँदै समेत अध्यक्ष सतिशकुमार सिंहले सदरमुकाम राजविराज स्थित आशिया पार्टी पैलेसमा पहिलो गाउँ सभा अबैध तरिकाले सम्पन्न गरेको भन्दै उक्त परिषद्का निर्णयहरु खारेज हुनुपर्ने उनीहरुको माग छ ।
तिलाठी कोईलाडी गाउँपालिकाको नाम र केन्द्र सार्ने विवादित निर्णय समेत उक्त अबैध गाउँ परिषद्वाट गरिएको भन्दै धर्ना बसेका स्थानिय देवनारायण यादवले निर्णय नसच्याईएसम्म आफुहरुको आन्दोलन जारी रहने बताए । गाउँपालिका कार्यालयमा तालाबन्दी समेत गरिएको छ । पुस २१ गते साँझ देखिनै गाउँपालिका कार्यालयमा तालाबन्दी रहेको छ ।
गाउँ परिषद्का निर्णयहरु खारेजी गर्नुका साथै गाउँपालिकाको नाम तथा केन्द्र परिवर्तन सम्बन्धी निर्णय परिवर्तन गर्नुपर्ने, चालु आर्थिक वर्ष ०७४/०७५ को हालसम्म खर्चको विवरण वुझाउनु पर्ने, गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत सरोजकुमार झा उपर छानविन सहित कारवाहि गर्नुपर्ने लगायतका माग उनीहरुले अघि सारेका छन् । पहिलो दिनको अनशनमा देवनारायण यादव, ललितनारायण झा, नागेन्द्र झा, रविकान्त झा, भुवनेश्वर झा सहितका थिए ।
यता गाउँपालिकाकी उपाध्यक्ष सुचिता यादव भने सुरुदेखि नै गाउँपालिका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतको रबैया एकलौटीपूर्ण र हेपहा रहेको आरोप लगाएकी छिन् । ‘विभिन्न निर्णयको प्रतिलिपी तथा बैंक स्टेटमेन्टसम्म माग्दा मलाई दिंदैन, एकलौटी रुपमै गाउँपालिका सञ्चालन गर्ने बहुमतीय दम्भ प्रदर्शनको मात्रै काम भइरहेको छ’, उनले भनिन, ‘जनताले विकासकालागि निक्कै विश्वास गरेर हामीलाई जिताएका छन्, उनीहरुले विकासकालागि हामीलाई जिताएका हुन्, अल्पमत र बहुमतको दम्भ देखाउन होइन ।’
गाउँपालिकामा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्न त्यसै बजेटको खाँचो रहेकोले तिलाठीमा पूर्वाधार हुँदाहुँदै समेत नयाँ केन्द्र स्थापनाको नाममा लाखौं बजेट खर्चिनुको औचित्य नरहेको प्रतिक्रिया दिएकी छिन् ।