राजविराज, २२ माघ । सप्तरीको राजविराज कारागारका जेलर कृष्ण दाहाल घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले सोमवार राजविराज–१ स्थित मुरली चिया पसलबाट सेवाग्राहीसँग घुस लिएको ४० हजार रकमसहित पक्राउ गरेको हो । कैदी–बन्दीलाई जेल सरुवा गरिदिने आश्वासन दिएर दाहालले सो रकम लिँदै गर्दा पक्राउ गरिएको टोलीका एक अधिकृतले जानकारी दिएका छन् । जेलरलाई आयोगको केन्द्रीय कार्यालय काठमाडौं लगिने तयारी गरिएको उनले बताए ।