• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

शैक्षिक गुणस्तर सुधारमा उप–कुलपति दासको जोड

शैक्षिक गुणस्तर सुधारमा उप–कुलपति दासको जोड

राजविराज, २१ माघ । पूर्वाञ्चल विश्व विद्यालयका उप–कुलपति प्राध्यापक घनश्याम लाल दासले शिक्षाको गुणस्तर सुधारकालागि कलेजहरुले विशेष सजग हुनुपर्ने बताएका छन् ।
राजविराज स्थित साह धर्मशालामा आइतवार सप्तऋषि कलेजले आयोजना गरेको शुभकामना समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै उनले यस्तो कुरा बताएका हुन् । पूर्वाञ्चल विश्व विद्यालयबाट सम्बन्धन लिई देशैभरी सञ्चालनमा रहेका कलेजहरुले राष्ट्रलाई दक्ष जनशक्ति दिने काम गर्दैआईरहेकोमा आगामी दिनमा कलेजहरुले थप जिम्मेवार भएर आफ्नो दायित्वलाई बुझ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै पूर्वाञ्चल विश्व विद्यालयका डिन शम्भु कोइरालाले कार्यक्रममा सहभागी विद्यार्थी अध्ययनमा विशेष ध्यान दिएर दक्ष जनशक्ति बनेर राष्ट्र निर्माणमा योगदान दिनुपर्ने बताए । उनले वर्तमान अवस्थामा अध्ययन–अध्यापनको शैलीलाई प्रविधियुक्त बनाउनुपर्ने आवश्यकता आंैल्याए ।
सप्तऋषि कलेजका अध्यक्ष रामु यादवको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा कलेजका कार्यकारी निर्देशक रणधीर कर्ण, सञ्चालक समितिका पदाधिकारीहरु मनोज देव, वरिष्ठ अध्यापक राजेन्द्र प्रसाद कर्ण, निलाम्बर कर्ण, शंकर ठाकुर समेतले शुभकामना मन्तव्य व्यक्त गरे । कलेजमा बिबिए तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरुकालागि आयोजना गरेको कार्यक्रममा नव प्रवेशी छात्रछात्रालाई मायाको चिनो सहित स्वागत गरिएको छ ।
बिबिए प्रथम वर्षमा अध्ययनरत छात्रा अन्जु यादवद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्य तथा अभिनय कला प्रस्तुत गरेका छन् । कार्यक्रममा स्वागत मन्तव्य छात्र राजकुमार पण्डितले गरेका थिए ।