• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सूचनाको हक सबैलाई उपयोग गर्न आग्रह

काठमाण्डौ, २१ माघ । नेपाल पत्रकार महासंघद्वारा पत्रकार, समावेशिता र सूचनाको हक सम्बन्धी अन्तक्र्रिया कार्यक्रम आइतवार आयोजना गरियो ।
नेपाल पत्रकार महासंघ मधेश समितिको आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरी बाँस्कोटाले जनतालाई सार्वजनिक सूचनाको जानकारी राख्ने अधिकार रहेको भन्दै सूचनाको हक सम्बन्धी अधिकार प्रयोग गर्न सबैलाई आग्रह गर्नुभयो । संघीय शासन प्रणाली भएका मुलुकहरुमा प्रदेश सूचना आयोगहरु रहेको भन्दै उनले नेपालमा पनि प्रदेशस्तरीय सूचना आयोग आवश्यक रहेको धारणा व्यक्त गरे ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सूचनाको हक सम्बन्धी कानूनको प्रयोगबाट समाचारको गहिराईसम्म पुग्न सजिलो हुने बताए । नेपाल पत्रकार महासंघको मधेश समितिका संयोजक अवधेशकुमार झाको अध्यक्षतामा समपन्न कार्यक्रममा महासंघका उपाध्यक्ष विपुल पोखरेल, महासचिव रमेश बिष्ट, कोषध्यक्ष राजेश मिश्र, सचिव शितल महतो, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, मधेश मिडिया हाउसका अध्यक्ष डा.राजेश अहिराज, महासंघका पूर्व सचिव धर्मेन्द्र कर्ण, सामुदायिक रेडियो प्रसारक संघका उपाध्यक्ष निमेश कर्ण, पत्रकारहरु सुभक महतो, अनिलकुमार कर्ण, विरेन्द्र केएम लगायतले आ–आफ्नो धारणा राखे ।