• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
छिन्नमस्ता शक्तिपीठमा नाग सर्प

राजविराज, २१ माघ । सप्तरीको छिन्नमस्ता गाउँपालिका स्थित छिन्नमस्ता भगवती शक्तिपीठ प्राङ्गणमा नाग सर्प भेट्टिएको छ ।
शक्तिपीठ परिसर अगाडिको पोखरी किनारमा नाग सर्प भेट्टिएको हो । छिन्नमस्ता गाउँपालिका–६ निवासी सूर्यनारायण सुरजले पूजा गर्नकालागि पोखरीबाट जल भर्ने क्रममा शनिवार सर्पलाई पोखरीको घाटमा हेरेको जानकारी दिएका छन् । सर्प रहेको विषयमा आफुले बताएपछि पीठाधीश महाकान्त ठाकुर, पूजारीहरु, श्रद्धालुभक्तजनहरु हेर्नका आएको युनिक एजुकेशनल एकेडेमीमा कार्यरत शिक्षक समेत रहेका उनले बताए ।
अत्यन्त चिसोको समयमा सर्प बाहिर ननिस्कने भएकोले शक्तिपीठ परिसरमा रहेको नागबाटिका (केवला वन)बाट नाग देवता निस्केको पीठाधीश ठाकुरले जानकारी दिएका छन् । उनका अनुसार ठूलो छत्रमा दुबैतर्फ खराउको चिन्ह भएको नाग सर्प पुनः नागवाटिकामै गएको छ ।
उक्त सर्पको विभिन्न व्यक्तिहरुले तस्विर तथा भिडियो समेत खिंचेका छन् ।