• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

तिलाठी कोइलाडी गाउँपालिकाको मञ्चमा आगजनी, जिरिया हाटमा सार्वजनिकीकरण

तिलाठी कोइलाडी गाउँपालिकाको मञ्चमा आगजनी, जिरिया हाटमा सार्वजनिकीकरण

राजविराज, २१ माघ । तिलाठी कोइलाडि गाउँपालिकाको वडा नम्वर–१ स्थित पाठाशालामा निर्माण भईरहेको मञ्च आइतवार साँझ स्थानीय व्यक्तिहरुको एक समूहले तोडफोड गर्दै आगजनी गरेका छन् ।
गाउँपालिकाको आइतवार सम्पन्न सभाले पाठशालामा हाल सञ्चालनमा रहेको गाउँपालिकाको कार्यालय जिरिया हाटमा सार्ने निर्णय गाउँ सभाबाट दुई तिहाई बहुमतले गरेपछि आक्रोशित स्थानीयवासिन्दाहरुको एक समूहले मञ्च तोडफोड र आगजनी गरेका हुन् । गाउँ सभाको निर्णय सार्वजनिकीकरण गर्न उक्त मञ्च निर्माण भईरहेको हुँदा तोडफोड तथा आगजनी गरिएकोप्रति गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले खेद प्रकट गरेका छन् ।
कुनै पनि निर्णयबाट असन्तुष्ट भए त्यसलाई वार्ताको माध्यमबाट समाधान गर्नुपर्नेमा तोडफोड तथा आगजनी जस्ता उच्छृंखल ब्यवहार गर्नु खेदजनक कार्य भएको भन्दै त्यस्ता उच्छृङ्खल ब्यक्तिहरुमाथि कानूनी कार्वााही गर्न समेत उनले स्थानीय प्रशासनसँग जोडदार माग गरेका छन् । गाउँसभाको निर्णय सार्वजनिकीकरण कार्यक्रम माघ २२ गते सोमबार कोइलाडि स्थित जिरिया हाटमा विहान ११ बजेदेखि हुने समेत विज्ञप्तिमार्फत अध्यक्ष सिंहले जानकारी दिएका छन् ।