राजविराज, २० माघ । जिल्लालाई सफा, स्वच्छ र सुन्दर बनाउने लक्ष्यका साथ ग्रीन नेपाल राजविराजले २१ हप्ते सरसफाई अभियान शुभारम्भ गरेको छ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकामा शनिवार आयोजित एक कार्यक्रमका बीच संस्थाले अभियान सञ्चालन गरेको बारे जानकारी दिएका हुन् । ग्रीन नेपाल केन्द्रीय कार्यालय राजविराजका अध्यक्ष खेलानन्द दासको अध्यक्षतामा आयोजित कार्यक्रममा अभियानबारे जानकारी दिएका छन् । अभियानको पहिलो दिन छिन्नमस्ता गाउँपालिका–३ सखडा स्थित छिन्नमस्ता भगवति मन्दिर र आसपासका क्षेत्रलाई सरसफाई गरिएको छ ।
पहिलो दिनको सरसफाईमा भगवती शक्तिपीठका पीठाधिस महाकान्त ठाकुर, पत्रकार सन्तोष कुमार चौधरी, वडा नम्वर ३ का वडा अध्यक्ष जितेन्द्र कुमार यादव ‘जितु’, संस्थाका छिन्नमस्ता गाउँपालिका अध्यक्ष पुजारी दिपक ठाकुर, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवान लगायतका सहभागिता रहेको थियो ।