• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राजपा संसदीय दलको बैठकद्वारा सांसदहरुलाई तोकियो जिम्मेवारी

राजपा संसदीय दलको बैठकद्वारा सांसदहरुलाई तोकियो जिम्मेवारी

राजविराज, २० माघ । प्रदेश नम्वर–२ को राष्ट्रिय जनता नेपालको प्रदेश सभा संसदिय दलको जनकपुरमा शनिवार सम्पन्न बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ ।
प्रदेश सभा कार्य व्यवस्था परामर्श समितिको सदस्यमा प्रदेश सांसद मनिष कुमार सुमन र सांसद सुरिता साहलाई चयन गरेको छ । यसैगरी प्रदेश सभा नियमावली मस्यौदा समितिमा सांसदहरु राम नरेश राय, डा. डिम्पल झा र रमेश पटेललाई चयन गरिएको जनाईएको छ । प्रदेश सभा सञ्चालनकोलागि अध्यक्ष मण्डलमा सांसद नवल किशोर साहलाई जिम्मेवारी दिईएको छ ।
प्रदेश सभाको प्रथम बैठकमा राजपा नेपालको तर्फबाट जितेन्द्र सोनलद्वारा सम्बोधन गरिने बैठकमा सहभागी प्रदेश सांसद समेत रहेका राजपा महासचिव मनिष कुमार सुमनले जानकारी दिएका छन् ।