राजविराज, २० माघ । रेस्फेक फत्तेपुरको सहयोग तथा आरटिसी सप्तरी र हुर्क नेपालको आयोजना राजविराजमा दहेज विरुद्धको अभिमुखिकरण कार्यक्रम शनिवार आयोजना गरियो ।
वीपी विचार समाजको सभाहलमा आयोजित कार्यक्रम नेपाली कांग्रेसका जिल्ला सचिव रामकुमार यादवको प्रमुख आतिथ्यमा आयोजना गरिएको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष धिरेन्द्र प्रसाद साह, प्रशिक्षक सुरेन्द्र प्रसाद गुप्ता, अधिवक्ता सबिता कोइराला, रेस्फेक फत्तेपुर प्रतिनिधि संजीव रायमाझीलगायतले दहेज प्रथाले समाजमा पारेको असर, कानूनी व्यवस्था सहितको विषयमा कार्यक्रममा प्रशिक्षण दिईएको हुर्क नेपालका अध्यक्ष पार्थो सरकारले जानकारी दिएका छन् ।