• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

नेल्टाद्वारा अंग्रेजी शिक्षकलाई एक दिने प्रशिक्षण

नेल्टाद्वारा अंग्रेजी शिक्षकलाई एक दिने प्रशिक्षण

राजविराज, २० माघ । नेपाल अंग्रेजी शिक्षक सङ्गठनद्वारा राजविराज स्थित केशो अनिरुद्धवती माध्यमिक विद्यालयको सभाहलमा लेख तथा जर्नल लेखन सम्वन्धी एक दिने प्रशिक्षण सम्पन्न भएको छ ।
नेल्टा सप्तरीका अध्यक्ष अमित कुमार साहको अध्यक्षता तथा जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेको प्रमुख आतिथ्यमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा नेल्टाका पूर्व अध्यक्ष विजयानन्द झा, रामचन्द्र यादव, यशवन्त झा, विद्यालय निरीक्षक भोगेन्द्र यादव, जिल्ला शिक्षा कार्यालयका छत्रनारायण दाससमेतले मन्तव्य व्यक्त गरे । सुकना बहुमुखि क्याम्पसका प्रा. डा. मोहन कुमार तुम्वहाङ्गले प्रशिक्षण दिएको कार्यक्रममा सरकारी तथा निजी विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।