राजविराज, १७ माघ । कर्तव्य ज्यान, आगजनी लगायतका मुद्दामा केन्द्रीय कारागारमा रहेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ का युवा कमलेश यादवको मृत्यु भएको छ ।
२०७० सालमा सुनसरीको भन्टाबारीबाट पक्राउ परेका रम्पुरा मल्हनिया निवासी ३० वर्षिय यादवको सोमवार राती केन्द्रीय कारागारमा मृत्यु भएको हो । जयकृष्ण गोइत नेतृत्व नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चामा आवद्ध भई सशस्त्र सङ्गठनमा होमिएका उनी पछि रामनारायण यादव ‘रणवीर सिंह’ नेतृत्वको मधेश राष्ट्र जनतान्त्रिक पार्टी (क्रा.) मा लागेका थिए । उक्त पार्टी शान्ति प्रक्रियामा आई अनिल कुमार झा नेतृत्वको नेपाल सद्भावना पार्टीसँग एकिकरण भएका थियो । मधेश आन्दोलनका क्रममा झा नेृतत्वको पार्टी एकिकरण भई राष्ट्रिय जनता पार्टी नेपाल नामक पार्टी निर्माण भएको थियो ।
राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय उपाध्यक्ष समेत रहेका यादवले आफ्ना कार्यकर्ताहरुमाथि लगाईएको झुठा मुद्दा फिर्ता लिई पार्टी कार्यकर्ताहरुलाई रिहा गर्न सरकारलाई सरकारलाई पटक–पटक दवाब दिँदैआएका थिए । यद्यपी कमलेशलाई भूमिगतकालिन अवस्थामा कर्तव्य ज्यान, आगजनी लगायतका मुद्दामा झुम्का, राजविराज, सिन्धुली र सिरहा हुँदै करिब एक वर्षदेखि केन्द्रीय कारागार डिल्लीबजारमा राखिएको थियो ।
अचानक बेहोस भएर कमलेशको मृत्यु भएको डिल्लीबजार कारागार प्रशासनले जानकारी दिए पनि मृत्यु रहस्यमय रहेको राजपाका केन्द्रीय उपाध्यक्ष यादवले दावी गरेका छन् । उनको शवलाई बुधवार बिहान जन्मस्थान रम्पुरा मल्हनियाँ ल्याईएको थियो । नेता यादवले मृतक कमलेशको शवमा राजपा नेपालको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले मधेश मुक्ति आन्दोलनमा कमलेशको योगदान अविस्मरणीय रहेको भन्दै शहिद घोषणाकालागि आफुहरुले पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । रहस्मय मृत्युबारे छानबिन हुनुपर्ने समेत उनले माग गरेका छन् ।
मृतक कमलेशको एक छोरा र छोरी रहेका छन् । कक्षा ७ मा अध्ययनरत १३ वर्षिय छोराले दागवती दिएका छन् ।
राष्ट्रिय
केन्द्रीय कारागारमा रम्पुरा मल्हनियाँका कमलेशको मृत्यु
राजपाको झण्डा ओढाएर श्रद्धाञ्जली