बिरेन्द्र बजार १३ माघ । सप्तरीमा नेपाल आदिबासी जनजाती महासंघको स्थानिय तह स्तरीय सङ्गठन बिस्तार अभियान शुरु भएको छ ।
नेपाल आदिबासी जनजाती महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङको अध्यक्षता तथा प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य रुबी कर्णको प्रमुख आतिथ्यमा सप्तरीको कल्याणपुरमा शनिबार आयोजित खडक नगरपालिका स्तरीय एक भेलाले नगर समिती गठन गर्दै अभियानको शुरु भएको हो । जिल्लाकै प्रथम स्थानिय तह स्तरीय भेललाले राजेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा २५ सदस्य नेपाल आदिबासी जनजाती महासंघ नगर समवन्य परिषद खडक नगरपालिकाको गठन गरेको छ । समितीको उपाध्यक्षमा सन्तमान गोले, सचिबमा उपेश सिंह दनुवार, सह सचिबमा त्रिभुवन मण्डल धानुक र कोषाध्यक्षमा देब कुमारी चौधरी चयन भएका छन । समितीको सदस्यहरुमा कुल रत्न श्रेष्ठ, पंचमाया राई, रिकु कुमारी चौधरी, बन्नु कुमारी चौधरी, लक्ष्मीकान्त चौधरी, देब नारायण चौधरी, दहम लाल चौधरी, सत्य नारायण मण्डल, हरी नारायण चौधरी, श्रबण चौधरी, कर्मचन्द चौधरी, किशोर कुमार चौधरी, रामदेब चौधरी, मोहनी देबी चौधरी, सुरतलाल चौधरी, बलराम चौधरी, छेदीलाल चौधरी र सुकुमारी चौधरी रहेका छन ।
भेलालाई सम्बोधन गर्दै विधायक कर्णले आदिवासीहरुले उठाएको मुद्दा जायज भएकोले संविधानमा समावेश गर्न भुमिका निर्बाह गर्ने प्रतिवद्धता ब्यक्त गरिन् । कार्यक्रमा नेपाल आदिवासी जनजाती महासंघ सप्तरीका पुर्व सल्लाहकार बौली चौधरी, नेपाल तमाङ घेदुङ सप्तरीका अध्यक्ष सन्तमान गोले, थारु कल्याणकारी सभा सप्तरीका सचिब देब नारायण चौधरी, क्षेत्रिय सभापती छेदीलाल चौधरी, जय प्रकाश चौधरी देब नारायण प्रणामी, रामेश्वर मण्डल, सुशिल चौधरी लगायतकाले मन्तब्य ब्यक्त गरे ।
नेपाल आदिबासी जनजाती महासंघका उपाध्यक्ष शिबकान्त चौधरीले सञ्चालन गरेको कार्यक्रमको सञ्चालन स्वागत स्थानिय समाजसेवी रामदेव चौधरीले गरे । स्थानिय तह स्तरीय सङ्गठन बिस्तार अभियानको अन्तर्गत खडक नगरपालिकाबाट शुरु गरी सप्तरीको १८ ओटै स्थानिय तह र वडाहरुमा सङ्गठन निर्माण गरिने महासंघका सप्तरीले जनाएको छ ।