• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

टाटासुमो दुर्घटना हुदाँ ६ को मृत्यु, पाँच घाईते

टाटासुमो दुर्घटना हुदाँ ६ को मृत्यु, पाँच घाईते

राजविराज, १३ माघ । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा शनिवार विहान टाटासुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ५ जना घाईते भएका छन् ।
धनुषाकै कमलापुरबाट झापातर्फ गईरहेको बा९च ३३१४ नम्बरको टाटासुमो दुर्घटना हुँदा संखुवासभाका २९ बर्षीय नवराज दुमी, विराटनगरकी ३५ बर्षीय शारदा रेग्मी दाहाल, खोटाङका २७ बर्षीय ज्ञानबहादुर चौहान, मोरङका ३५ बर्षीय प्रलाहद न्यौपाने, मोरङकै ४० बर्षीया श्यामकुमार राजभण्डारी र पाँचथरका ३१ बर्षीया प्रनिता राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाईते भएका पाँचै जनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।