• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

धर्मी–हल्फा महिला विकास क्लवद्वारा कम्बल वितरण

धर्मी–हल्फा महिला विकास क्लवद्वारा कम्बल वितरण

राजविराज, १२ माघ । विगत एक महिनायता शीतलहर पीडितलाई कम्वल वितरण गर्ने कार्यलाई शुक्रवार समेत सप्तरीको धर्मी–हल्फा महिला विकास क्लव लालापट्टीले निरन्तरता दिएको छ ।
उक्त संस्थाले सप्तरीको रुपनी गाउँपालिका वडा नम्वर–३ पौंवाका दलित तथा विपन्न परिवारलाई कम्वल वितरण गरेको हो । हेल्प नेपाल नेटवर्क काठमाण्डौको सहयोगमा धर्मी हल्फा महिला विकास क्लव लालापट्टिद्वारा उक्त टोल ४५ दलित तथा विपन्न परिवारलाई शीतलहरबाट जोगिन कम्वल वितरण गरिएको क्लवका अध्यक्ष ईन्जिनियर सूर्यनारायण यादवले जानकारी दिएका छन् । कम्वल वितरण कार्यक्रममा स्थानिय बुद्धिजिवि शिवनारायण यादव लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।