राजविराज, ९ माघ । राजविराजको राजरंगशालामा सम्पन्न पहिलो अम्पायर क्रिकेट प्रतियोगिताको फाइनल खेलमा पास्कल इन्सटिच्युटले लायन्स एकेडेमीलाई ६ रनले पराजित गर्दै जीत हात पारेको छ ।
टस जितेर पहिलो ब्याटिङ्ग गर्ने निर्णय गर्दै पासकलले निर्धारित ३० ओभरको खेलमा पाशकलले ९ विकेटको नोक्सानीमा १ सय ७४ रनको योगफल तयार पारेका थिए । पासकलका लागि रितेश माझीले उत्कृष्ट ब्याटिङ्ग गर्दै ४६ बलमा ९ चौक्का र १ छक्काको मद्दतले ५७ रनको योगदान दिए भने अन्य ब्याट्सम्यानमा रोहित सिंहले ३६, उपेन्द्र यादव १७ तथा राहुल मण्डलले १६ रनको योगदान दिएका थिए । बलिङ्गतर्फ लायन्सका मुना साह र शम्भुनन्द खड्गाले सामान २ बिकेट तथा निकु मण्डल, छोटु मण्डल तथा बिकास झाले सामान १ बिकेट लिए ।
एक सय ७५ रनको लक्ष्य लिई मैदानमा ओर्लेको लायन्सका पवन दासले उत्कृष्ट ब्याटिङ्ग गरे । यद्यपी लायन्सलाई जित दिलाउन सकेन । लायन्सले ३० ओभरमा ७ बिकेटको नोक्सानीमा १ सय ६८ रन मात्र जोडेपछि झिनो अन्तरले पराजित भए । पवन दासले ७४ बलमा ६ चौकका र २ छक्काको मद्दतले ७६ रनको योगदान दिए भने अन्य ब्याट्सम्यानमा शम्भुनन्द खड्काले ३८ बाहेक कसैले दोहोरो अंक छुन सकेन । बलिङ्गतर्फ पासकलका मायानन्द चौधरीले उत्कृष्ट बलिङ्ग गर्दै ६ ओभरमा १९ रन दिई ३ विकेट लिए भने अन्य बलरमा रोबिन सिंहले २ तथा श्रवण यादव र आनन्द ईसरले सामान १ बिकेट लिए । खेलको म्यान अफ द म्याच पासकल इन्सटिच्युटका रितेश माझी घोषित भए ।
प्रतियोगिता अन्र्तगत उत्कृष्ट ब्याटसम्यान फुलवारी एकेडेमी सुनसरीका अफजल हुसैन, बेष्ट बौलर सप्तरी सुपर किंगका प्रमोद रजक, बेष्ट फिल्डर युथ क्रिकेट एकेडेमीका आशिष झा, बेष्ट बिकेट किपर सप्तरी सुपर किंगका आशिष मण्डल तथा म्यान अफ द सिरिज युथ क्रिकेट एकेडेमीका बिवेक यादव लाई समापन कार्यक्रमका अध्यक्ष तथा अम्पाएर संघका अध्यक्ष निरज सिंह, प्रमुख अतिथी शिब्स ईन्टरनेश्नलका प्रोप्राइटर नरेश प्रताप साह, नेशनल प्याब्सनका अध्यक्ष बौकु साह, सप्तरी क्रिकेट संघका अध्यक्ष शैलेश कुमार चौधरी, उपाध्यक्ष सचेन्द्र प्रसाद यादव, सचिव आयुश श्रेष्ठ, सप्तरी युथ नेपालका कोषाध्यक्ष बिष्णु यादव, सदस्य अनवर अली लगायतले ट्रफी तथा प्रमाण पत्र वितरण गरे ।
कार्यक्रम सञ्चालन बरिष्ठ क्रिकेटर सुरेन्द्रनाथ सिंह तथा अम्पाएर संघका सदस्य शम्भु दासले संयुक्त रुपमा सञ्चालन गरे । समापन कार्यक्रममा आयोजकद्वारा २०४५ मा कास्य पदक बिजेता सप्तरीका राष्ट्रिय टोलीका सदस्यहरुलाई समेत सम्मान गरियो ।