• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

बलात्कारको आरोपमा चिकित्सक प्रहरी हिरासतमा

बलात्कारको आरोपमा चिकित्सक प्रहरी हिरासतमा

राजविराज, ८ माघ । राजविराज स्थित दन्त क्लिनिकमा उपचार गराउन आएकी एक किशोरीमाथि चिकित्सकले नै बलात्कारको प्रयास गरेको रहस्य खुलेको छ ।
राजविराज नगरपालिका वडा नम्वर–७ स्थित आरती डेन्टल क्लिनिक सञ्चालन गर्दै आएका डा. हृदयनारायण झाले किशोरीमाथि बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ । राजविराज वडा नम्वर–१ पडरिया निवासी ४५ वर्षीय डा. झाले क्लिनिकमा दाँतको जाँच गराउन आएकी युवतीमाथि बलात्कारको प्रयास गरेको खुल्न आएको प्रहरी नायव उपरीक्षक ध्रुव कुमार श्रेष्ठले जानकारी दिएका छन् ।
बलात्कारको प्रयासलाई ढाकछोप गर्न केहि व्यक्तिहरुले प्रयास गरिरहेको जानकारी पाए लगत्तै महिला अधिकारकर्मीहरुले प्रहरीमा उजुरी गरेपछि घटना सार्वजनिक भएको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार गत पुस २७ गते डा. झाले बलात्कारको प्रयास गरेको जाहेरी निवेदनमा उल्लेख छ । क्लिनिकमा दाँतको उपचार गराउन आएकी १६ वर्षिया युवतीलाई डा. झाले क्लिनिकभित्रै बलात्कारको प्रयास गरेकोमा युवतीले प्रतिकार गर्दै क्लिनिकबाट बाहिरिएकी थिईन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठले जबरजस्ती करणी उद्योग अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भईरहेको सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिएका छन् ।
उनका अनुसार सप्तरी जिल्लामा चालु आर्थिक वर्षमा मात्रै जबर्जस्ती करणीका १२ र जबर्जस्ती करणी उद्योगका ९ वटा मुद्दा दर्ता भएको छ ।