• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

तोपा प्रिमियर लिगको उपाधी राजविराजलाई

तोपा प्रिमियर लिगको उपाधी राजविराजलाई

राजविराज, ६ माघ । यङ्गस्टार क्रिकेट क्लव तोपावजारद्वारा आयोजित तोपा प्रिमियर लिगको उपाधी राजविराजले हात पारेको छ ।
तोपास्थित मैदानमा शनिवार आयोजित प्रतियोगिताको फाइनल खेलमा आयोजक टिम तोपालाई पराजित गर्दै राजविराजले उपाधी चुम्न सफल भएको हो । टस जितेर तोपाले फिल्डिङ रोजेपछि निर्धारित २० ओभरको खेलमा राजविराजले १ सय ६५ रनको स्कोर खडा गरेको थियो । जसमा प्रियासले ३१ र एमडी फारुखले २६ रनको योगदान गरे । तोपाका लागि राहुल यादवले २ तथा ओमप्रकाश यादव,नरेन्द्र यादव र अरुण ठाकुरले १–१ बिकेट हात पारे । १ सय ६६ रनको लक्ष्य सहित मैदानमा ओर्लेको तोपा टिमले सबै विकेटको क्षतिमा १ सय १२ रन मात्र जोडन सफल भए । प्रतियोगिताको म्यान अफ दि सिरिज र बेस्ट वलरको रुपमा राजविराज टिमका आदित्य सिंह र एमडी फारुख घोषित भए ।
प्रतियोगिताको विजेता टिम राजविराजलाई नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अबधेशकुमार झाले नगद तथा शिल्ड कप प्रदान गरे । उपविजेतालाई सप्तरी युथका सचिव आयुष श्रेष्ठ तथा बेस्ट बलरलाई स्थानिय युवा रोहित यादवले शिल्डकप प्रदान गरे ।