राजबिराज, ५ माघ। राजबिराज स्थित राजरंगशालामा जारी अम्पाएर कप एक दिवसीय क्रिकेट प्रतियोगिता अन्र्तगत चौथो दिनको खेलमा आशिष झा र बिवेक यादवको उत्कृष्ट ब्याटिंगको मद्दतले युथ क्रिकेट एकेडेमी राजबिराजले फुलवारी क्रिकेट एकेडेमी सुनसरीलाई सजिलै ७ बिकेटले पराजित गरेको छ ।
टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै फुलवारी एकेडेमी सुनसरीले निर्धारित ३० ओभरको खेलमा २७ ओभर ५ बलमा सम्पुर्ण बिकेट गुमाई १ सय ८० रन बनाए । सुनसरीका लागि अफजल हुसैनले उत्कृष्ट बिष्फोटक ब्याटिङ्ग गर्दै ६० बलमा ८ चौक्का र ७ छक्काको मद्दतले बिष्फोटक ८५ रन बनाए । उनले पाँचौ बिकेटको लागि संकेत कार्की संग मिली १ सय ३ रनको साझेदारी समेत गरे ।
संकेत कार्कीले १८ रनको योगदान दिए भने मनिश दाहाले नटआउट रही १९ रनको योगदान दिए । बलिङ्गतर्फ युथ एकेडेमी राजविराजका प्रशान्त केशीले २ तथा बिवेक यादव, अभय मण्डल, रोशन यादव, रिशव राज र निरज यादवले सामान १ बिकेट लिएका थिए ।
१ सय ८१ रनको बिशाल लक्ष्य लिई मैदानमा ओर्लेको युथ एकेडेमी राजबिराजले २३ ओभर १ बलमा ३ बिकेटकै नोक्सानमा उक्त लक्ष्य भेटाए । युथ एकेडेमीका लागि उनका ओपनिंग ब्याट्स्म्यानद्वय आशिष झा र बिवेक यादवले पहिलो बिकेटकै लागि १ सय २८ रनको साझेदारी गरे । जसमा आशिष झाले ५१ बलमा ८ चौक्काको मद्धतले ६१ रन तथा बिवेक यादवले ४८ बलमा ७ चौक्का र १ छक्काको मद्धतले ६० रनको योगदान दिए भने अमित यादव अविजित रहँदै २६ बलमा ३ चौक्काको मद्दतले ३८ रनको योगदान दिएका थिए । बलिङ्गतर्फ सुनसरीका संकेत कार्कीले २ बिकेट लिए । खेलमा उत्कृष्ट ब्याटिङ्ग गरे वापत युथ क्रिकेट एकेडेमी राजबिराजका कप्तान समेत रहेका बिवेक यादव घोषित भए ।
सप्तरी क्रिकेट संघसँगको सहकार्यमा अम्पाएर संघ सप्तरीको आयोजनामा संचालित अम्पाएर कप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवारको खेल लायन्स क्रिकेट एकेडेमी राजबिराज र फुलवारी क्रिकेट एकेडेमी सुनसरी बिच हुने जानकारी अम्पाएर संघका सदस्य शम्भु दासले जानकारी दिएका छन् ।