राजबिराज, ४ माघ । राजबिराज स्थित राजरंगशालामा जारी अम्पाएर कप एक दिवसीय क्रिकेट प्रतियोगिता अन्र्तगत तेश्रो दिन विहीबारको खेलमा पास्कल इन्स्टिच्युट अफ आईटिले यङ्ग ११ बरही बिरपुरलाई ३ बिकेटले पराजित गरेको छ ।
टस जितेर पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै योंग ११ निर्धारित ३० ओभरको खेलमा सम्पुर्ण बिकेट गुमाई १ सय १८ रनमै समेटिएको थियो । योंग ११ का लागि गुनानन्द रायले २७, हिमांसु साह १३ तथा जुगल चौधरीले ११ रनको योगदान दिएका थिए । योंगलाई सस्तोमा समेटन पाशकलका लागि रोहित सिंहले घातक बलिंग गर्दै ६ ओभरमा ३७ रन दिई ४ बिकेट लिएका थिए भने उनलाई श्रवण यादव ३ तथा मुकुन्द यादव र राहुल मण्डलले सामान १ बिकेट लिई साथ दिए ।
१ सय १९ रनको लक्ष्य लिई मैदानमा ओर्लेको पास्कलले २५ ओभर २ बलमा उक्त लक्ष्य भेटाएका थिए । पाशकलका लागि उपेन्द्र यादवले ३६ बलमा ३ चौक्का र १ छक्काको मद्धतले ३३, राजिव यादवले २७ तथा राकेश कामैतले ११ रनको योगदान दिएका थिए । योंग ११ का तर्फबाट गुनानन्द राय र रवी रायले सामान २ बिकेट तथा रेवति राय, संजिव यादव र जुगल चौधरीले सामान १ बिकेट लिए । खेलको म्यान अफ द म्याच उत्कृष्ट बलिंग गरेवापत पाशकलका रोहित सिंह घोषित भए ।
सप्तरी क्रिकेट संघसंगको सहकार्यमा अम्पाएर संघ सप्तरीको आयोजनामा सञ्चालित अम्पाएर कप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रवारको खेल युथ क्रिकेट एकेडेमी राजबिराज र फुलवारी क्रिकेट एकेडेमी सुनसरी बिच हुने जानकारी अम्पाएर संघका सदस्य शम्भु दासले जानकारी दिएका छन् ।