राजविराज, ३ माघ । धर्मी हल्फा महिला विकास क्लव लालापट्टीले चिसोबाट जोगिन छिन्नमस्ता गाउँपालिका वडा नम्वर–३ का विपन्न परिवारलाई कम्बल वितरण गरेको छ ।
संस्थाले हेल्प नेपाल नेटवर्कको सहयोगमा गोबिन्दपुर महुवा र धोबियाही टोलका ६० विपन्न परिवारलाई एक–एक थान कम्बल वितरण गरिएको हो । वडा अध्यक्ष दिपेन्द्र कुमार यादव ‘दिपु’को अध्यक्षतामा आयोजना गरिएको राहत वितरण कार्यक्रममा सशस्त्र प्रहरी निरीक्षक तेजबहादुर जोरा, ईलाका प्रहरी कार्यालय सखडाका हवलदार ध्रुव कट्वाल, समाजसेवी अजय कुमार यादव ‘अजित’समेतको उपस्थिति रहेको क्लवका अध्यक्ष ई. सूर्यनारायण यादवले जानकारी दिएका छन् ।