• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

अन्तर विद्यालय क्रिकेटको उपाधीमाथि शिब्सको कब्जा

अन्तर विद्यालय क्रिकेटको उपाधीमाथि शिब्सको कब्जा

राजबिराज, १४ पुस । युथ क्रिकेट एकेडेमी राजबिराजको आयोजनामा महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसको मैदानमा सञ्चालित रमपम अन्तर विद्यालय क्रिकेटको उपाधि शिब्स इन्टरनेश्नलले जित्न सफल भएको छ ।
लाली गुरास सेकेण्ड्रीलाई ३० रनले पराजित गर्दै शिब्स स्कूलले उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । लालीगुरासले टस जिती फिल्डिङ्ग गर्ने निर्णय गरेपछि ब्याटिंगको लागि ओर्लेको शिब्सले निर्धारित २० ओभरको खेलमा ७ बिकेटको नोक्सानीमा १ सय ३ रनको योगफल तयार पारे । शिब्सका लागि आशिष झाले ३५, बिवेक यादव र निरज यादवले सामान १७ रनको योगदान दिए । बलिङ्गतर्फ लालीगुराँसका सुनिल चौधरीले ३, मो.जमल खा २ तथा मो.जावेद राईन र मो. सकिम आलमले सामान १ बिकेट लिए ।
१ सय ४ रनको लक्ष्य लिई मैदानमा ओर्लेको लालिगुरासले २० ओभरमा ५ विकेटको नोक्सानीमा ७३ रन मात्र जोड्न सकेपछि ३० रनको हार ब्योहोरेको थियो । लालीगुराँसका लागि मो. जावेद राईन २२ बाहेक कसैले दोहोरो अंक जोड्न सकेन । शिब्सका लागि बिवेक यादवले घातक बलिङ्ग गर्दै ४ ओभरमा ८ रन दिई ३ बिकेट लिए भने उमाशंकर यादव र भिक्टर रायले सामान १ बिकेट लिए । खेलको म्यान अफ द म्याच शिब्सका बिवेक यादव घोषित भए ।
युथ क्रिकेट एकेडेमीका अध्यक्ष बिरेन्द्र यादवको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा समाजसेवी मो. आलमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रममा निर्मल किरानाका प्रोप्राइटर अमृत सञ्चेती, शिवम् ग्रुपका नरेश प्रताप साह, केके मोटर्सका अनवर अलि, समाजसेवी सुर्यनारायण यादव, पास्कल कम्पुटरका जिवन यादव लगायतले बिजेता खेलाडिहरुलाई प्रमाण पत्र तथा ट्रफी बितरण गरे । समापन कार्यक्रममा युथ क्रिकेट एकेडेमीका अध्यक्ष तथा जिल्ला क्रिकेट सघका सदस्य समेत रहेका बिरेन्द्र यादवले भर्खरै थाईल्याण्डमा सम्पन्न १६ बर्ष मुनिको बिजेता नेपाली टोलीका सदस्य अमित यादवलाई समेत सम्मान समेत गरे ।